पोखरामा उडेको केहि मिनेट मै प्याराग्लाइडिङ दुर्घटना,२६ वर्षीय निसिम थापाको मृत्यु

पोखरा, ३० असोज:

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । आइतबार विहान साढे ११ बजे पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ एक्कासी भुईंमा खसेको थियो । दुर्घटनामा नेपाल आर्मीका खेलाडी पोखरा १० अस्पताल चोकका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएपछि उहाँलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा थापाको मृत्यु भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । खेलाडीको मृत्यु भएपछि राखेपले दुख ब्यक्त गरेको छ । राखेप बोर्ड सदस्य अन्जन धमलाले खेलाडीको मृत्युले राखेप मर्माहत भएको बताए ।

‘प्रतिश्पर्धाकै क्रममा खेलाडीको मृत्युले मर्माहत बनाएको छ । यो दुखद घटनाको दुख ब्यक्त गर्दछौं,’ उनले भने, ‘प्रतिश्पर्धाकै क्रममा खेलाडीको मृत्यु हुनु राम्रो होइन । यसका बारेमा हामी छानविन गर्छौं र निष्कर्ष बाहिर ल्याउछौं ।’ सराङकोटबाट उडेको केही बेरमै थापा बनिरहेको घरमा ठोक्किनु भएको कास्की प्रहरीले जनाएको छ । पोखरा प्याराग्लाइडिङको हव भएकोले आठौं प्रतियोगिता देखि पोखरामा प्याराग्लाइडिङको प्रतिश्पर्धा हुँदै आएको छ ।

राखेपले विमा संस्थानसँग खेलाडी र खेलसँग सम्बन्धित सबैको वीमा गरेको छ । खेलका क्रममा कोही घाइते भए विरामीको उपचारका लागि १ लाख दिने र कारणबश मृत्यु भए १० लाख दिने गरी व्यवस्था गरिएको धमलाले बताए । यसबाहेक सम्बन्धित प्रदेशले पनि बीमा गरेको छ ।

यो पनि :
काठमाडौं । नेपाली डायस्पोराको प्रतिष्ठित अवार्ड मानिने पाँचौ ग्लोबल फिल्म अवार्ड नेपाली समयानुसार आइतबार बिहान अमेरिकाको कोलोराडोस्थित डेनभरमा सम्पन्न भएको छ । सन् २०२२ मा रिलिज भएका नेपाली फिल्ममध्येबाट अवार्ड प्रदान गरिएको थियो, जहाँ चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीदेखि पूर्वअध्यक्ष नीर शाहसम्म उपस्थित रहे ।

अवार्डमा झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ले सर्वोत्कृष्ट फिल्मको ट्रफी जितेको छ । सोही फिल्मबाट सुहाना थापाले डेब्यु अभिनेत्रीको अवार्ड जितिन् । झरना सोही फिल्मबाट ‘ए मेरो हजुर ३’बाट उत्कृष्ट निर्देशक घोषित भइन् ।

‘रातो टीका निधारमा’ फिल्मबाट अंकित शर्मा सर्वोत्कृष्ट डेब्यु अभिनेता घोषित भए । जुरी स्पेसल अवार्ड चाहिं ‘मारुनी’ले जित्यो । वर्षकै सर्वोत्कृष्ट अभिनेत्रीकोतर्फको अवार्ड ‘आमा’बाट सुरक्षा पन्तले जितिन् । ‘छ माया छपक्कै’बाट दीपकराज गिरी सर्वोत्कृष्ट अभिनेता घोषित भए । अभिनेत्री नम्रता श्रेष्ठ स्टार अफ दी इयर घोषित भइन् ।

डायस्पोरा अवार्डतर्फ उत्कृष्ट डेब्यु अभिनेता शक्ति श्रेष्ठ घोषित भए । सुधांशु जोशी उत्कृष्ट अभिनेता बन्दा उत्कृष्ट फिल्मको उपाधि ‘हेलो जिन्दगी’ले प्राप्त गर्‍यो ।

संगीतकार शम्भुजीत बाँस्कोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । रामकेशर बोगटी स्मृति सम्मान अभिनेत्री सरिता लामिछाने र गेहेन्द्र धिमाल स्मृति सम्मान नाट्यकर्मी हरिबहादुर थापालाई प्रदान गरियो ।

समारोहमा अभियानश्री सम्मान प्रकाश श्रेष्ठ र हिरण्य भोजपुरेलाई प्रदान गरियो । भुटानी कला सम्मान सिद्धार्थ विश्व र लक्षु शर्मालाई प्रदान गरियो । मिस नेपाल नर्थ अमेरिका प्रत्युषा बोहरा र रनरअप आन्या थापालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा टेवा पु¥याएको जानकारी पाँचौं ग्लोबल फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले दिए ।