यसपटक ८ हजार मतको अन्तरले मैले चुनाव जित्छु:रवीन्द्र मिश्र

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसपटकको निर्वाचनमा आफू ८ हजार मतको अन्तरले विजयी हुने ठोकुवा गरेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मिश्र काठमाडौं–१ बाट प्रतिनिधिसभाको लागि उम्मेदवार बनेका छन् ।

आज (शनिबार) आयोजित अन्तरक्रियामा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफू मतदाताहरुले सम्झन र गर्व गर्न योग्य सांसद बनेर देखाउनेपनि प्रतिबद्धता जनाएका छन् । उनले फेशबुकमा लेखेका छन्-
८,००० मतको अन्तरले…

गत चुनाव ८०० मतको अन्तरले हारेको थिएँ। यो पटक ८,००० मतको अन्तरले जित्छु भन्नेमा ढुक्क हुन थालेको छु। यति धेरै उतारचढाव बेहोरेर र हण्डर खाएर आउँदा पनि यति धेरै माया पाइरहेछु कि त्यसले मलाई द्रवीभूत बनाएको छ। शब्दमा व्यक्त गर्न सक्दिन।

मैले वाचा गरेको छु: म तपाईँहरूले संझन र गर्व गर्न योग्य सांसद बनेर देखाउनेछु। चुनावी अभियान/घरदैलोमा साथ दिन या घरदैलोमा बोलाउन हाम्रो सचिवालय, 9851021289 वा 9803492262 मा सौरेन्द्र शाहलाई र सामाजिक सञ्जालमा सहयोग गर्न 9851183271 वा 9886079654 मा रन्जन कार्की लाई फोन गरिदिन विनम्र अनुरोध गर्दछु।

यो पनि पढ्नुहोश:जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमनले विद्रोही उम्मेदवारी दिएर पार्टी निकाला भएका उम्मेदवारलाई जनताले नरुचाउने ठोकुवा गरेका छन् ।‘ठूलो स्केलमा काम गर्न खोज्दा सानो स्केलमा यस्ता बागी विद्रोही निक्लँदा रहेछन् ।

जसपा एमाले तालमेलविरुद्ध बगावत गर्नेहरुलाई दुवै पार्टीको नेतृत्वले कारबाही गरेका छन् । ती पार्टी छोडुवाको नाम लिएर म किन फेमस बनाऊँ ? ती अहिले हर्न, पंखा र कल छाप उम्मेदवार हुन् । दलबाट निष्कासितलाई जनताले रुचाउँदैनन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुमनले भने ।

जसपाका मन्त्रीहरुलाई हटाएपछि मंसिर ४ को निर्वाचनको स्वच्छतामा प्रश्न उठ्ने पनि सुमनले औंल्याए । उनले भने, ‘बूढानीलकण्ठ दरबारमा सुतिरहेका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको हामीले होइन ? हाम्रा मन्त्री हटाएर उहाँले नुनको सोझो गर्नुभएन । त्यो अपरिपक्व र बचकना निर्णय हो । यो निर्वाचन आचारसंहिता विपरीत भयो । निर्वाचनको स्वच्छता र निष्पक्षतामा आशंका भयो ।

साथै उनले मधेस प्रदेशमा कांग्रेसका तीन मन्त्री हटाउने निर्णय क्रियाको प्रतिक्रिया मात्र भएको दाबी गरे । उनले भने, ‘गठबन्धनको रणनीति पुनर्गठन गरेका छौं । हाम्रा मन्त्री हटाएपछि प्रदेशमा कांग्रेसका मन्त्रीहरुलाई हटाउनु बाध्यता भयो । यो क्रियाको प्रतिक्रिया हो । कार्यकर्ताको मान र इज्जतका लागि हो ।’