पीडित किशोरीलाई कब्जा गरेर राखेको आरोपमा बोलिन् अनुराधा कोइराला, यस्तो पो रहेछ वास्तविकता !

काठमाडौँ- माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले क्रिकेटर सन्दीप लामिछानेवि’रुद्ध जा’हेरी दिने बालिका आफ्नो संस्थामा रहेको बारे मुुख खोलेकी छिन् । लामिछानेविरु’द्ध ब’ला त्कारको आ’रोप लगाएर जा’हेरी दिने बालिका माइती नेपालमा रहेकोबारे उनले स्पष्टीकरण दिएकी हुुन् ।

न्युज २४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनतासँगमा कुरा गर्दै माइती नेपालकी संस्थापक कोइरालाले विभिन्न सञ्चारमाध्यममा आएको माइती नेपालको क’ब्जामा पी’डित’ भन्ने आशयको समाचारको खण्डन गरेकी हुुन् ।

उनीले पी’डित भनिएकी बालिकालाई क’ब्जामा नभएर संरक्षणमा राखेको बताइन् । सरकारकै अनुरोधमा आफूले ती बालिकालाई माइती नेपालमा राखेको बताइन् । उनले भनिन्- ‘प्रहरीले संरक्षणमा राखिदिन अनुरोध गरेपछि हामीले राखेका हौँ ।

प्रहरीको पत्रसहित आएको हो । उनलाई हामीले नि’यन्त्रणमा राखेको होइन, संरक्षणमा राखेका हौँ । उनलाई एउटा घर परिवारले दिने माया दिइराखेका छौँ, अरु बालिकाहरूलाई जस्तै ।’

‘माइती नेपालका काउ’न्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउ’न्सिलिङ र ब्रे’नवास गरिरहेको’प्रति पनि उनीले खण्ड’न गरेकी छन् । उनले भनिन्- ‘जुन कुराहरू आइरहेको छ, ब्रेन’वास गर्यो, काउ’न्सिलिङ गर्यो ।

उसलाई मात्रै होइन जसलाई पनि यु’गान्डादेखि लिएर मालबी, इराक, इरान मनिपुर, श्रीलंका जहाँबाट आएपनि बच्चाहरूलाई एक राउन्ड काउ’न्सिलिङ जस्तो गर्छौँ । त्यसपछि त हामी बोल्दैनौं । बच्चाहरू आफ्नो धुनमा खेल्छन् आफ्नो धुनमा रमाउँछन् । आफ्नो आफ्नो धुनमा बस्छन् । यसलाई ब्रे’नवास भन्ने मिल्दैन । यो त मोटिभेसन हो ।’

केही दिनअघि एक अनलाइन सञ्चार माध्यममा किशोरीलाई माइती नेपालले राखेको खबर आएको थियो । सो खबर जताततै फैलिएपछि सन्दीपका समर्थकहरुले सामाजिक सञ्जालमा आ’लोचना गरिरहेका छन् । खबरमा बताइएअनुुसार बालिकालाई बयान नफेर्नका लागि पनि काउन्सिलिङ गराइदैँछ ।

याे पनि ः
अर्थमन्त्री जनार्दन शर्मा ग्रिन क्लाइमेट फण्ड (जीसीएफ)मा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि उनको जिम्मेवारी नेतृ पम्फा भुसालले पाएकी छिन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री भुसालले आज अर्थ मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

अर्थमन्त्री जनार्दन शर्मा ग्रिन क्लाइमेट फण्ड (जीसीएफ) मा सहभागी हुन अमेरिका प्रस्थान गरेसँगै सो मन्त्रालयको जिम्मेवारी ऊर्जा मन्त्री भुसाललाई दिइएको हो ।

अर्थमन्त्री शर्मा अमेरिका प्रस्थान गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भुसाललाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन् । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अर्थ मन्त्रालयको जिम्मेवारी भुसालले सम्हाल्ने जानकारी दिएको छ ।

अर्थमन्त्री शर्मा विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर दक्षिण कोरियाको इन्चेनमा आयोजना हुने जीसीएफमा समेत सहभागी हुनेछन् ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर यसअघि नै अमेरिका प्रस्थान गरिसकेका छन् । अर्थमन्त्री शर्मासँगै अर्थसचिव कृष्णहरि पुष्कर र सह-सचिव ईश्वरीप्रसाद अर्याल पनि अमेरिका गएका छन् ।

बिजुली बिक्री भएन भनेर अब चिन्ता गर्नुपर्दैनः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा उत्पन्न स’ङ्कटको समाधान गर्दै कार्बन उत्सर्जनलाई न्यूनीकरणका लागि ग्रीन हाइड्रोजन नै उत्तम विकल्प भएको बताएका छन् ।

विश्वका ठूला र औद्योगिक राष्ट्रले उत्पादन गरेको ग्रीन हाउस ग्यासका कारण नेपालजस्ता पर्वतीय मुलुक सङ्क’टमा परेको उल्लेख गर्दै उनले जलस्रोतको उपयोग गरेर ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिने बताए ।

आजदेखि यहाँ सुरु भएको ग्रीन हाइड्रोजन समिटलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि पनि अब विकल्पको खोजी भएको बताए । अर्थमन्त्रीले बिजुली बिक्री भएन भनेर अब चि’न्ता गर्नु नपर्ने अवस्थामा पुगेको उल्लेख गर्दै त्यसैको उपयोग गरेर देशभित्रै थप अवसरको खोजी गर्न सकिने बताए ।