चर्चित गायक मेक्सम खातीले बिहे पछि सिल्पा पोख्रेल संग खेले पहिलो दोहोरी गीत

कमल सरगम,काठमान्डौ-नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय आम नेपालीको मन मुटुमा बस्न सफल लोकप्रिय गायक मेक्सम खाती क्षेत्री र गायिका माया पुनको सुमधुर आवाजमा नया लोकदोहोरी गीत ‘हैन होला र’ बजारमा आएको छ।केहि समय यता दोहोरी क्षेत्रमा देखिएको खडेरीलाइ पुर्दै यो मौलिक र उत्कृष्ट सृजना बजारमा आएको हो।

नरेश खाती क्षेत्रीको शब्द तथा लयमा बजारमा आएको गीत माया पुनको प्रस्तुति हो।माया पुनको यो गीतमा आवाज निकै सुहाएको छ भने मेक्समको त् न सुहाउने कुरै भएन।फरक शैलीको सृजना गर्ने नरेशले यो पटक पनि उत्कृष्ट सृजना बजारमा ल्याएर अब्बल सर्जकको दर्जामा नाम लेख्न सफल भएका छन।

गीतमा लोकप्रिय मोडल शिल्पा पोख्रेल र मेक्सम खाती आफैले अभिनय गरेका छन भने निर्देशन मौसम हिमालीले गरेका छन।भिडियो पनि निकै उत्कृष्ट बनेको छ।त्यसो त् मेक्समले बैबाहिक जीवनमा बाधिएपछि खेलेको पहिलो म्युजिक भिडियो हो।हिरोको भन्दा कम लुक्स न देखिने मेक्समलाइ पछिल्लो समय चलचित्र तिर पनि अफर आइरहेको छ।भिडियो हेरौ :