अस्थिरताको कारक प्रचण्ड हुन्, गोरखाबाट बिदा गर्छौँ : अब्दुश मियाँ

काठमाडौं- नेपाल यतिबेला राजनीतिक निर्वाचनको माहोलमा छ। त्यसैले देशैभरी राजनीतिक माहोल चर्को छ। अझ गोरखा जिल्लाको क्षेत्र नम्बर २ मा बिशेष चुनावी माहोल चर्को छ।

माओवादी केन्द्रका अध्यक्ष गोरखा-२ बाट यस प्रतिनिधिसभाको चुनावमा भाग लिने भएपछी त्यहाँ राजनीतिक माहोल चर्को भएको छ।  गठबन्धको साझा उम्मेदवार प्रचण्डलाई हराउन एमालेको युवा नेता अब्दुश मियाँलाई खडा गरेको छ।

नेकपा एमालेबाट गोरखा- २ मा उम्मेदवारी दिएका अब्दुश मियाँले ३ दशकदेखि नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई गोरखाले राजनीतिबाटै बिदा गर्ने जनाएका छन्।

उनले ओलीलाई भेटेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रचण्डप्रति लक्षित गरेर यस्तो अभिव्यक्ति दिएका हुन्। आफ्नो प्रस्तिस्पर्धामा रहेको प्रचण्डलाई केन्द्रित गर्दै उनले उक्त स्टाट्स लेखिएको आकंलन गर्न सकिन्छ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पछिल्लो ३ दशकदेखि नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई गोरखाले यस पटक राजनीतिबाटै बिदा गर्दैछ। साथ दिनुहोला है।’