राजनीतिबाट विश्राम लिएर बृन्दावन गएर बस्ने मन छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राजनीतिबाट विश्राम लिन चाहेको खुलासा गरेका छन् । उमेरका कारण पनि आफू विश्राम लिनुपर्ने अवस्थामा पुगेको बताएका उनले परिस्थितिले गर्दा विश्राम लिने अवस्था नआएको बताएका हुन् ।

सुर्खेतको वीरेन्द्रन गरमा आयोजि त पार्टीको कर्णाली प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उमेरका कारण पनि मैले राजनीतिबाट विश्रानम लिनुपर्ने बेला भएको छ,तर, परिस्थितिले गर्दा विश्राम लिन पाएको छैन’ प्रचण्ड ले भने ।

पार्टीभित्र गुट उपगुट संस्थागत भएको भन्दै चिन्ता समेत व्यक्त गरेका उनले कतिपय सिनियर नेताहरुबीचमै गुटबन्दीका कारण एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको एकीकरण तथा निर्माणमा केपी ओलीको कुनै योगदान नरहेको दावी गरेका छन् ।

पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले पार्टी बनाएको १२ वर्षपछि ओली जोडिएको बताए । नेपालले भने– को अर्डिनेशन केन्द्र बनाउँदा २०३२ सालमा हामी ७ जना थियौं, दुईजना पलायन भए ।

३ जना हामी नेकपा एकीकृत समाजवादीमा छौं,एकजना एमालेमा छन् । केपी ओली त त्यसबेला जेलमा थिए, १२ वर्षपछि हामीले केन्द्रीय कमिटीमा ल्याएका हौं, अहिले फुर्ति लाएर हुन्छ ?

ओलीलाई आफूले २०३० सालमा रौतहटमा भेटेको र आश्रय दिएको भन्दै नेपालले मोरङमा आफूले २ महिनासम्म भात खुवाएर पालेको टिप्पणी समेत गरे । नेपालले भात खुवाएरमात्र नभई पैसा दिएर पठाएको नेपालले बताए ।