सन्दीपलाई केही राहत : पीडित भनिने किशोरीको वास्तविक उमेर खुल्यो सरकारी कागजमा, अब के होला ?

क्रिकेटर सन्दीप लामिछानेको घटनामा पछिल्लो समय नयाँ ट्वीस्ट आएको छ । सन्दीप पक्षकै वकिलहरुको अभिव्यक्तिका साथै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुुरबहादुुर चन्दले एउटा टेलिभिजन अन्तर्वार्तामा किशोरीको उमेरमाथि प्रश्न उठाएपछि यो बहस गर्माएको छ । उनले जाहे’रीकर्ता ना’बालिग नभएको प्रमाण फेला परेको बताएका थिए ।

सन्दीपकी कानून व्यवसायी सुधा रिजालले जा’हेरीकर्ताको वास्तविक उमेरलाई लिएर प्रश्न उठाएकी छिन् । जा’हेरीकर्ताका दुईवटा जन्मदर्ता रहेको दाबी उनको दाबी छ ।

स्रोतका अनुसार उनको दुईवटा जन्मदर्ता रहेको असत्य हो । तर, वास्तविक उमेर १८ वर्षभन्दा माथि हुनसक्ने बताइएको छ । जन्मदर्ता र नागरिकतामा उल्लेखित जन्म मितिअनुसार किशोरी ना’बालिग नै छिन् ।

दुवैमा उनको जन्म मिति २०६२-०२-* उल्लेख छ । त्यसका आधारमा उनको उमेर १७ वर्ष ४ महिना भयो । बालिग हुन १८ वर्ष कटेको हुनुपर्छ ।

जाहेरी’कर्ताको जन्मदर्ता र नागरिकता दुवैमा जन्म मिति गडबड गरिएको सन्दीप निकट स्रोत बताउछ । उमेरमाथि प्रश्न उठाउन सकिने एउटा आधार भनेको उनका बुुवाले बनाएको बसाइसराइ कागज अनुसार उमेर १८ वर्ष ४ महिना हुन्छ ।

बसाइसराइको कागजमा उल्लेखित जन्म मिति वास्तविक भएको स्रोतको दाबी छ । उनका बुुवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘छोरी १८ वर्ष काटिसकेकी छ, उमेर घटाएर नागरिकता लिइएको हो ।’ तर, बुबाले यही कुरा प्रहरीमा भन्छन् भन्न सकिँदैन ।

जन्म मिति तय गर्ने मुख्य आधार बसाइसराइ कागजभन्दा पनि नागरिकता र जन्मदर्ता नै हुन् । त्यसलाई गलत प्रमाणित गर्न सन्दीपका वकिलहरुको ठूूलो चुुनौती देखिन्छ । किशोरीको जन्म मितिले घटनालाई नयाँ मोडतिर लगेको छ । यद्धपी यसबारे अनुुसन्धान जारी नै छ ।

यो पनि :-

काठमाडौं । फिल्म ‘पोइ पर्‍यो काले’को दोस्रो श्रृंखला निर्माण हुँदैछ । अनलाइनखबरले दुई महिनाअघि नै फिल्मको सिक्वेल ‘पोइ पर्‍यो बूढो’ निर्माण हुन लागेको र दीपेन्द्र लामाले निर्देशन गर्न लागेको खबर प्रकाशित गरेको थियो ।

अब भने यो फिल्मलाई लिएर नयाँ खबर छ । फिल्मको निर्माताको रुपमा राजीव गुरुङ अर्थात् दीपक मनाङेको प्रवेश भएको छ । प्रस्तुतकर्ता किरण नेपालीले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले निर्माताको रुपमा सहकार्य गर्ने तय भएको बुधबार जानकारी दिए ।

‘निर्माताको रुपमा उहाँसँग हामी सहकार्य गर्दैछौं,’ नेपालीले भने, ‘हाम्रो सहकार्य यसमा पनि निरन्तर हुन्छ ।’ नेपाली र मनाङेले अहिले हलमा चलिरहेको फिल्म ‘दुई नम्बरी’मा पनि सहकार्य गरेका छन् ।

‘दुई नम्बरी’को क्रेडिट लाइनबाटै ‘पोइ पर्‍यो बुढो’को औपचारिक घोषणा समेत भएको छ । तर चलचित्र विकास बोर्र्डमा भने निर्माताले यो शीर्षक एक वर्षदेखि ‘होल्ड’ गरिरहेका थिए । निर्माता नेपालीका अनुसार चुनाव लगत्तै फिल्म छायांकनमा जाने तयारी भइरहेको छ । तर कलाकार अहिलेसम्म तय भइसकेका छैनन् ।

बुधबार नै निर्माता मनाङे नयाँ खबरको कारण समाचार शीर्षक बनिरहेका छन् । उनी गण्डकी प्रदेशको प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।