उत्तराधिकारीको राजनीतिक भविष्य सुरक्षित गर्ने केहीले प्रचण्डलाई गोरखा लगे – लेखनाथ न्यौपाने

काठमाडौँ- नेपालमा यतिबेला चुनावीमा माहोलमा चर्को बनिरहेको छ।  सम्पूर्ण राजनीतिका दलहरु यतिबेला चुनाव जित्ने अभियानमा केन्द्रित हुन थालेका छन्। यसै बिच गोरखामा पनि राजनीतिका माहोल तीव्र बनिरहेको छ।

गोरखाका क्षेत्र – २ मा प्रचण्डको प्रवेश संगै नेपाली राजनीति तरंगित बनिरहेका छ। डा. बाबुराम भट्टराई प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेपछी प्रचण्ड गोरखा प्रवेश गरेका हुन्। गोरखा जिल्लाका केही नेताहरुलाई मिलाए प्रचण्ड गोरखामा प्रवेश गरेका हुन्।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ राष्ट्रिय सभामा रहेको र हितराज पाण्डेलाई समानुपातिकमा नाम राखेर प्रचण्ड गोरखा प्रवेश गरेका हुन्।  तर पार्टीको अर्का नेता लेखनाथ न्यौपानेलाई भने प्रचण्डले कुनै पनि ठाउँमा स्थापित गरेका छैनन्।

जिल्ला र प्रदेश कमिटीले प्रतिनिधि सभाको उम्मेदवारमा प्रस्ताव गरेको नाम पनि हो लेखनाथ न्यौपाने। जनता बिच सदा जीवन उच्च विचार रुपमा परिचित नेता लेखनाथलाई यो पटकको निर्वाचनमा पनि कुनै टिकट पाउन सकेका छैनन् । उनीलाई पार्टीले टिकट नै पत्याएन।

प्रचण्ड गोरखा जाँदा आफुसँग कुनै पनि सल्लाह नभएको कुरा न्यौपानेले बताउंदै आएका छन्।  नारायण काजी श्रेष्ठ राष्ट्रिय सभामा रहेको र हितराज पाण्डेलाई समानुपातिकमा नाम भएको कारणले अनि यो पटक लेखनाथ न्यौपानेले टिकट पाउने कुरामा विश्वस्त थिए गोरखाका कार्यकर्ता तर प्रचण्ड नै आउने भएपछी लेखनाथ न्यौपानेलाई प्रचण्डले कतै न कतै स्थापित गरेर प्रवेश गर्छन् जस्तो देखिए पनि त्यो फलामको चिउरा खानु सरह भएर निस्कियो।

नेपाल लाइभको अन्तर्वाता दिंदै गर्दा लेखानाथाले बोलेका छन् – “उत्तराधिकारीको राजनीतिक भविष्य सुरक्षित गर्ने केहीले प्रचण्डलाई गोरखा लगे”

यसो बझ्ने हो भने न्यौपाने यतिबेला टिकट नपाएर पनि केही असन्तुष्टी भएझै देखिन्छन् । लामो समयको पार्टीको लागि त्याग र बलिदानी दिएका न्यौपानेले यो टिकट नपाउनु निकै दुर्भाग्य हो। यतिबेला समाजिक संजालमा लेखनाथले टिकट नपाउनुमा टिकाटिप्पणी हुन् थालेका छन्।

उनी आफ्नो फेसबुकमा लेखेका – “यो स्थितिमा पार्टी अध्यक्ष जो गोरखामा चुनाव लड्दै हुनुहुन्छ उहाँ वा पार्टीको कुनै संरचनाले संस्थागत छलफलको वातावरण बनाउनु पथ्र्यो तर त्यसो भएन वा उहाँहरुले आवश्यक ठान्नु भएन । किन आवश्यक ठान्नु भएन भने उहाँको चुनाव क्षेत्र र टिकटबारे उहाँहरुले नै निर्णय गर्ने हुनाले छलफल आवश्यक ठान्नु भएन होला । यसो नहुँनुमा पार्टी संस्थागत रुपमा चलेको छैन, कसैले जित्नको लागि क्षेत्र वदल्दा, त्यस क्षेत्रका अरु सहयोद्धाहरुकोबारे के गर्ने ? भन्ने विषयमा छलफल नहुँनु वा पार्टी बाहिरका मान्छेहरुसँग मिलाइएको चोचोमोचोलाई रंग भरीभरी क्रान्तिको कार्यदिशा भनेर प्रचार गर्नु पार्टीमा व्यक्तिवादी प्रवृति पुरै हावी छ भन्ने विषय बुझ्न सकिन्छ । तर फेरि पनि टिकट पाइन भनेर बेखुशी छैन, निष्कृय हुन्न र एक पटक वा कैयौं पटक मात्र टिकट नपाउदैमा बेखुशी हुने तरिका राजनीतिक संस्कार पनि होइन ।”

लेखनाथको पोस्ट हेर्दा प्रचण्डले कुनै पनि प्रकारमा लेखनाथसंग कुराकानी नगरेकोमा फेसबुक मार्फत उनले आफ्नो गुनासो पोखेका छन्।  अझ थप्दै उनले लेखेका छन् – “पार्टी विधान अनुसार चल्दा, पार्टीभित्र संस्थागत निर्णय हुँदा र संस्थागत निर्णयको आधारमा कार्यविभाजन हुँदा पार्टीभित्र गुनासो, विभेद वा अन्यायमा परेको अनुभूति कसैले गर्दैनन् । उसले पायो, मैले पाइन भन्ने गुनासो गर्ने ठाउँ रहदैन । सँगै सबैले टिकट पाइदैन, सबैलाई पार्टीले टिकट दिन पनि सक्दैन । जसले टिकट पाएपनि, जो सांसद र मन्त्री भएपनि सामूहिक स्वार्थका लागि काम गर्ने हो भने यसमा व्यक्तिगत दौडधुप, रस्साकस्सी र रुवाबासी किन गर्ने ? तर सामुहिक कामका लागि जनता र कार्यकर्ताले निर्वाचित गर्ने अनि निर्वाचित साँसद वा मन्त्री वा लाभको पदमा जाने जो कोही पनि भ्रष्टाचारमा पुरै डुब्ने, आन्दोलनको बलमा प्राप्त जिम्मा आफ्नै पैत्रिक सम्पत्ति वा निजी क्षमताको प्रतिफल ठान्ने ठालुहरु जसले पार्टीको बदनाम गरिरहेका छन् र त्यसको मार भोट हाल्नेहरुले समेत खानुपर्ने स्थिति विरुद्ध खुलेर लाग्ने हो । यस्ता विषयमा पनि नबोल्ने कार्यकर्ता, कार्यकर्ता होइनन्, दास हुन् वा त्यसका हिस्सेदार भनेर निष्कर्ष निकाल्नु पर्छ ।”

यसरी हेर्न हो भने लेखानाथ न्यौपानेलाई टिकट नदिंदा गोरखाका युवाहरु निकै निरुत्साहित बनेका छन्।  एउटा असल चरित्र र राम्रो  छवि बोकेका लेखनाथ न्यौपानेले टिकट नपाउनु निकै दुखद् कुरा हो।

टिकट माग्न लेखनाथ कुनै नेताकोमा नजाने, दबाब एवं वातावरण निर्माणका लागि कसैलाई परिचालन गर्न हुँदैन भन्ने र टिकटका लागि मरिहत्ते नगर्ने बानीले गर्दा यो पटकको निर्वाचनमा यो पटक पनि खाली हात रहे लेखनाथ। के लेखनाथलाई पार्टीले न्याय गर्न सक्छ त ?