उनी मेरो जिउमा अढेस लागिन् मलाई असहज फिल भयो – सन्दिप लामिछाने

निलम्बित नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले सोमबार जिल्ला अदालत काठमाडौंमा आफ्नो मु’द्दाको टुंगो छिटो लगाइदिन अनुरोध गरेका छन्। सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा उनले यस्तो आग्रह गरेका हुन् ।

उनका कानुन व्यवसायीले न्यायाधीशसमक्ष यस्तो आग्रह गरेका थिए। म्याद थपका क्रममा न्यायाधीशले सन्दीपलाई केही भन्नु छ भनेर सोधेका थिए। त्यसक्रममा उनले यसअघि बयानमा जस्तै आफू नि’र्दोष रहेको जिकिर गरेका छन्।

सन्दीपका कानुन व्यवसायीका नगरकोट कसरी पुगेको भन्ने कुरा पनि उनले सोमबार अदालतमा बताएका छन्। यसअघि आइतबारदेखि नै सरकारी वकिलको रोहबरमा उनको बयान सुरु भएको छ। बयानमा सन्दीपले जाहे’रवालाकै पूर्वयोजना अनुसार आफू नगरकोट पुगेको बताएका छन्। नाबालिग भनिएकी जा’हेरवालीले नगरकोट जाने कुरा उनका साथीहरुलाई पनि सुनाएकी थिइन्।

‘उनले नगरकोट जान प्रस्ताव गरेपछि मैले त्यता नजाऊँ दरबारमार्गमै चिया कफी पिऊँ भनेको थिएँ। म क्याम्पमा छु। भोलि बाहिर जानुछ भनेको थिएँ। पुगेर आइहालौँ मलाई काठमाडौंको सिन त्यहाँबाट हेर्न एकदमै मन छ भनिन्’, सन्दीपले इज’लाससमक्ष भने। नगरकोट पुगेर फर्किन आफूलाई ढिलो हुन्छ र जाहे’रवालीलाई पनि होस्टल फर्किदा बन्द होला भनेको तर उनले त्यस्तो नहुने बताएको सन्दीपले भनेका छन्।

होस्टल कहाँनेरी हो भनेर सोधे पनि उनले नदेखाएको सन्दीपले ब’यानमा भनेका छन्। ‘बीचबाटोबाटै उनी गाडीमा चढिन्। नगरकोट गइसकेपछि त्यहाँ गएर खाजा खाइयो। उनी मेरो जिउमा अढेस लागिन् मलाई असहज फिल भयो’, सन्दीपले न्यायाधीशसामु घट’नाबारे बताए।

त्यसदिन नगरकोटबाट फर्किऊँ भन्दा पनि जाहेरवालीले ढिलो भइसक्यो, आज नजाऊँ यतै बसौँ भनेको सन्दीपले बताएका छन्। ‘मलाई भोलि बाहिर जानुपर्छ, तिमीलाई पनि होस्टल फर्किनुछ भनेँ। त्यसपछि उनी रिसाएर गाडीमा बसिन्। फर्किंदा बाटोमा उनले मेरो होस्टल बन्द भइसक्यो, अब जान मिल्दैन भनिन्’, सन्दीपको ब’यानबारे उनका कानुनी सल्लाहकारले भने।

नगरकोट जाने क्रममै उमेरको विषयमा पनि कुरा भएको सन्दीपले बताएका छन्। जा’हेरवालीले १९ वर्षको भएको तर कागजातमा चाहिँ उमेर घटाएको बताएको सन्दीपले बताएका छन्। होस्टल बन्द भएको र अब जान मिल्दैन भनेपछि उनकै आग्रहमा होटलमा बसेको सन्दीपको जि’किर छ।

यो पनि :-

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी रद्द हुन सक्ने भएको छ । मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको हो ।

डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कांग्रेस सभापतिसमेत रहेका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति फेला परेको छ ।

नागरिकतामा २००३ ज्येष्ठ ३१ गते जन्म मिति रहेको देउवाको मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते रहेको पाइएको छ ।

नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उनको उम्मेदवारी विरुद्ध उजुरी परेको छ ।
कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका हुन् ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गरे । अनलाइनखबरसँग उनले भने, ‘उजुरी परेको छ । उजुरीमाथि आवश्यक कारबाही सुरु भइसकेको छ ।’ देउवा विरुद्ध परेको उजुरीमाथि भोलिसम्म निर्णय हुने उनले बताए ।

मल्ल अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए । अहिले बिपी कांग्रेसबाट उनी देउवा विरुद्ध चुनावी मैदानमा छन् ।