सन्दीप प्रकरणमा नयाँ पात्रको इन्ट्री !

सन्दीप प्रकरणमा नयाँ पात्रको इन्ट्री भएको छ । अनुसन्धानका सिलसिलामा सन्दीप प्रकरणमा अर्का क्रिकेटरको इन्ट्री भएको हो । राष्ट्रिय टिमका क्रिकेटर देब खनालले सन्दीपलाई नाबालिग सँग भेट गराउन सहजीकरण गरेको खुलेको छ ।

नुवाकोट घर भइ हाल काठमाडौंको बानेश्वमा होस्टेलमा बस्दै आएकी नाबालिग देब खनाल सँग लामो समयदेखि कुराकानी गर्ने गरेको बुझिएको छ । सन्दीप र पिडित भनिएकी युवतीको कुराकानी विगत केही महिनादेखि हुने गरेको समाचार स्रोतको दाबी छ ।

बिश्वस्त स्रोतको अनुसार २०२२ को मार्च २८ देखि अप्रिल ४ मा सम्म भएको ट्राई नेसन सिरिजमा राम्रोे प्रदर्शन गरेका खेलाडी देब खनालसँग पिडित भनिएकी बालिकाको चिनजान भएको थियो । खनालसँग फेसबुकमा कुराकानी हुदै जादाँ उनीहरु स्न्यापच्याटमा जोडिए । नेपाल क्रिकेट संघले दुबै जनाका लागि एक होटलमा रुम बुकिङ गरेका थियो ।

देब खनालले नाबाालिग भनिएकी पिडित सँग कुराकानी गर्न थालेको करिब ३ महिना भइसकेको थियो । एकदिन अचानक देब खनालले ग्लोबल स्टार क्रिकेटर सन्दीप लामिछाने आफु रुम मेट भएको भन्दै सन्दीपको अनुमति बिना नै सन्दीप सँग खिचेको तस्बीर पिडित भनिएकी नाबालिगलाई सामाजिक संजाल मार्फत पठाए । अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको खेलाडी देखेपछि नाबालिगको मन पग्लियो अनि स्न्यापच्याटमा सन्दीपलाई रिक्वेस्ट पठाइन् । रिक्वेस्ट आएको करिब १ घण्टापछि लामिछानेले रिक्वेस्ट एक्सेप्ट गरिहाले । त्यसपछि सुरु भयो कुराकानी ।

देब खनालको पनि हात रहेको हुनसक्ने आशंका जन्माउने स्रोत प्रशस्तै रहेको स्रोत बताउँछ यदव्पी आधिकारिक रुपमा बिश्वस्त हुन फैसला नै कुर्नुपर्ने हुन्छ ।