मकवानपुर-१ मा एमालेको समर्थनमा कमल थापा लड्ने भएका छन्

राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ बाट आसन्न प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार थापा नेकपा एमालेको सहयोगमा चुनाव लड्न लागेका हुन् ।

’नेकपा एमालेको सहयोगमा मकवानपुर–१ बाट अध्यक्ष कमल थापा उम्मेदवार बन्ने निश्चित भएको छ,’ बर्तौलाले भने, ‘चुनाव चिह्न के लिएर लड्ने भन्ने विषयमा जिल्लाका अगुवा कार्यकर्ताहरूसँग छलफल भइरहेको छ ।’ बर्तौलाले एमालेले सूर्य चिह्न लिएर प्रतिस्पर्धामा जान आग्रह गरेको बताएका छन् । २०५१ मध्यावधीमा यो निर्वाचन क्षेत्रबाट थापा राप्रपाबाट विजयी भएका थिए ।

यो पनि पढ्नुहोश: प्रदेश १ का ५६ मध्ये १७ वटा प्रदेशसभा क्षेत्र भागमा पाएको माओवादी केन्द्रले लगभग सबै उम्मेदवार टुङ्गो लगाएको छ ।सत्तारुढ गठबन्धनमा भागवण्डा गर्दा माओवादीले प्रदेशमा १७ वटा प्रत्यक्ष तर्फ सिट पाएको छ । ती मध्ये अधिकांशमा माओवादीले उम्मेदवार टुंगो लगाएको हो ।

पाँचथरको प्रदेशसभा २ बाट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो उम्मेदवार बन्ने भएका छन् ।झापा ३ को ख बाट निवर्तमान सांसद पूर्णसिंह राजवंशीको नाम टुङ्गो लागेको छ । झापा ४ को क बाट प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, झापा ५ को ख बाट गगन पुरीको नाम फाइनल भएको छ ।

मोरङ १ को क बाट कुलप्रसाद साम्बा, मोरङ २ को क बाट गणेश उप्रेती, मोरङ ६ को क बाट जीवन आचार्यको नाम फाइनल भएको छ ।सुनसरी २ को क बाट इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरी, सुनसरी ३ को क बाट प्रदेशकी उपसभामुख सरस्वती पोखरेल, धनकुटा प्रदेशसभा २ बाट कुशुमकुमारी श्रेष्ठ र तेह्रथुम प्रदेशसभा २ बाट दुर्गा चापागाईंको टिकट फाइनल भएको छ ।

उदयपुर १ को कबाट नारायण बुर्जा मगर र उदयपुर २ को क बाट राजन किरातीले टिकट पाएका छन् ।इलाम २ को ख, झापा १ को ख, संखुवासभा १ र ओखलढुंगा २ र सोलुखुम्बुको प्रदेशसभा तर्फको टिकट फाइनल नभएको माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ ।