केपिले हजार गल्ती गर्दा पनि बा सहि हो भनेको भए टिकट पाउथे : भिम रावल

अछाम १ मा एकल रुपमा सिफारिस भएर पनि टिकट नपाएका एमाले नेता भीम रावलले केपिले हजार गल्ती गर्दा पनि सहि हो भनेको भए टिकट पाउने बताएका छन अहिले यस बिषयमा कुनै बिस्तृत प्रतिक्रिया नदिने बताएका छन् ।

‘मैले अहिले हेरिरहेको छु कुरा बुझिरहेको छु’ उनले नेपाल प्रेसलाई भने ‘अहिले कुनै प्रतिक्रिया दिन्न ।’अछाममा रावलको नाम सिफारिस भएपनि झपट बोहराले टिकट पाएका छन् । बोहरा अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेश सभामा विजयी भएर आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए ।

नेकपा विभाजन पछि अर्थमन्त्री छोडेर एमालेमा बसेका बोहरा अहिले अछाम इन्चार्ज हुन् । प्रतिनिधि सभा तथा प्रदेश सभाको नाम सिफारिस गर्दा आफू कुनै क्षेत्रमा नलड्ने र पार्टी जिताउने बताएका बोहरालाई पार्टीले टिकट दिएको छ ।

यस विषयमा रावलले भने समय आएपछि प्रतिक्रिया दिने बताए ।

रावल २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी २०५१ र २०७० को निर्वाचनमा निर्वाचित भएका थिए। २०६४ को संविधानसभामा भने उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए।

दशौँ महाधिवेशनमा एमाले अध्यक्षमा पराजित भएका रावल पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् । उनले पार्टीको सल्लाहकार पद स्वीकारेका छैनन् ।

याे पनि ः

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ६ मा सर्वेन्द्र खनालले टिकट पाएका छन् ।

नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए । खनाल जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए ।

२०७७ सालमा कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएका बेला खनाल, एमाले नेता महेश बस्नेत र तत्कालीन एमाले नेता किसान श्रेष्ठले धनुषा पुगेर जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए ।

त्यतिबेला जसपाले आफ्नो सांसदलाई अपहरण गरेको आरोप लगाएको थियो ।

काठमाडौं ६ मा नेपाली कांग्रेसले चाहिं भीमसेनदास प्रधानलाई टिकट दिने तयारी छ ।

यो पनि :-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेस भित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए।

उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए। नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पारे।

‘गठबन्धनको अन्तिम टुंगो सायद हुँदैछ। गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूर्ण निस्कर्ष निकाल्नुपर्ने सबैभन्दा महत्वपूर्ण दायित्व हो। गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामी भित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ।’

उनले भने, ‘अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ। अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा गइरहेको छ भने अर्कोतिर छिमेकीहरूको द्वन्द्व पनि त्यत्तिकै चिन्ताको विषय छ। यसलाई बचाउन सक्ने तागत भएको पार्टी नेपाली काँग्रेस नै हो।’

समानुपातिक तर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै नेता खेमराज केसीले आपत्ति जनाए। अझैपनि सूची संशोधन गरी समान रूपमा टिकट वितरण गर्नसके कांग्रेसले आगामी निर्वाचनबाट दुई तिहाईको सरकार बनाउन सम्भव नभएको उनले जिकिर गरे।

सिद्धान्तबाट विचलित कांग्रेसले केन्द्रमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको नेता धर्म परियारले बताए।

कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझैपनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे। उनले टिकट वितरण समानुपातिक नभए र नेताहरू नसच्चिए आगामी निर्वाचनमा कांग्रेसले धेरै सिट जित्न नसक्ने उनले दाबी गरे।