इट्टाभट्टीमा मान्छे पोल्ने नरसंहारकारी हत्याराहरु खुलमखुल्ला हिड्न पाउने, कानुनलाइ सघाउछु भनेर आएको सन्दिपलाई हत्कडी लगाएर कर्यापझ्याप पार्ने ? – ज्वाला संङ्ग्रौला

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संङ्ग्रौलाले इट्टाभट्टीमा मान्छेपोल्ने खुलमखुल्ला हिड्न पाउने, आफैं सहयोग गर्छु भनेर आएको सन्दिपलाई हत्कडी लगाएर कर्यापझ्याप पार्ने कस्तो राज्यब्यबस्था हो भन्दै प्रश्न चिहन खडा गरेकी छिन् ।

यस्ता बिभेदकारी रान्य सँग बिमती रहेको प्रतिक्रया दिदैं उनले यस्तो स्टाटस लेखिकि हुन् । आफुलाई बुद्धिजिवि भनेर बुद्धिमान ब्यक्तिको कित्तामा एभ्याउनेहरु प्रति उनले कडा आक्रोस ब्यक्त गरेकी छिन् । उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ ।
“इटाभट्टामा ज्युदा मान्छेहरु दनदनी आगो लाएर पोल्ने नरसंहारकारी हत्याराहरु यसरी बिना हतकडि हिड्न पाउने तर आरोप लागेपछी आफै कानुनलाइ सघाउछु भनेर आएको सन्दिप लाई एयरपोर्ट बाटै तालिमप्राप्त प्रहरी हरुले बन्दुक सहित घेरा हालेर हत्कडी लगाएर कर्यापझ्याप पार्ने?

हाम्रो बिमती हो यस्ता बिभेदकारी राज्य सम्यन्त्र सङ्ग हो! हामिलाइ कानुनको पाठ पढाउने यो समाजका अराजक बिद्वान बिदुशिहरु कता मरे?

जति सुकै नाम कमाए नि राजनीति बाट टाढा रहेका यो देशका नागरिक हरु सजिलै फसाइन्छ्न किनकी उनिहरु सङ्ग नाम त हुन्छ, फेम त हुन्छ तर त्यो नाम र फेम राजनितिको संरक्षकत्व बाट टाढा हुन्छ! तर यदि कुनै नेता हत्यारो भो भने नि उस्ले माथिको आदेशमा उन्मुक्ति पाउछ! हाम्रो आवाज यो बेथिती बिरुद्द्को हो र यो आवज तबसम्म उठिरहन्छ, जब सम्म कानुन सानाठुला सबैलाइ बराबरी हुदैन!”

 

याे पनि ः

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ६ मा सर्वेन्द्र खनालले टिकट पाएका छन् ।

नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए । खनाल जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए ।

२०७७ सालमा कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएका बेला खनाल, एमाले नेता महेश बस्नेत र तत्कालीन एमाले नेता किसान श्रेष्ठले धनुषा पुगेर जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए ।

त्यतिबेला जसपाले आफ्नो सांसदलाई अपहरण गरेको आरोप लगाएको थियो ।

काठमाडौं ६ मा नेपाली कांग्रेसले चाहिं भीमसेनदास प्रधानलाई टिकट दिने तयारी छ ।<p> यो पनि :- <p>

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेस भित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए।

उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए। नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पारे।

‘गठबन्धनको अन्तिम टुंगो सायद हुँदैछ। गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूर्ण निस्कर्ष निकाल्नुपर्ने सबैभन्दा महत्वपूर्ण दायित्व हो। गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामी भित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ।’

उनले भने, ‘अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ। अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा गइरहेको छ भने अर्कोतिर छिमेकीहरूको द्वन्द्व पनि त्यत्तिकै चिन्ताको विषय छ। यसलाई बचाउन सक्ने तागत भएको पार्टी नेपाली काँग्रेस नै हो।’

समानुपातिक तर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै नेता खेमराज केसीले आपत्ति जनाए। अझैपनि सूची संशोधन गरी समान रूपमा टिकट वितरण गर्नसके कांग्रेसले आगामी निर्वाचनबाट दुई तिहाईको सरकार बनाउन सम्भव नभएको उनले जिकिर गरे।

सिद्धान्तबाट विचलित कांग्रेसले केन्द्रमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको नेता धर्म परियारले बताए।

कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझैपनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे। उनले टिकट वितरण समानुपातिक नभए र नेताहरू नसच्चिए आगामी निर्वाचनमा कांग्रेसले धेरै सिट जित्न नसक्ने उनले दाबी गरे।