सन्दीपलाई गाँजा सहित पक्राउ परेका विमलसँगै हिरासतमा राखेपछि…

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान २२ वर्षीय सन्दीप लामिछानेले प्रहरी समक्ष आत्मसर्मपण गर्न खोजेको तर प्रहरीले पक्राउ गरेको बताइएको छ ।

दशैँको भोली पल्ट नै नेपाल झरे लगत्तै उनलाई पक्राउ गरेर प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ ।

जहाँ उनीसँगै २६ जना भन्दा बढी थुनुवा छन् । ती मध्ये ५ जना अदालतबाट हिरासतमा राख्ने अनुमति नभएका थुनुवा हुन् ।

उनले प्रहरीसामु ‘आत्मसमर्पण’ गर्ने बताएपनि प्रहरीले उनलाई उक्त अवसर नै नदिई भदौ २१ मा प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले जबरजस्ती करणीको जाहेरी लगत्तै उनको खोजी सुरु गरेको थियो ।

असोज २० मा कतारको दोहा हुँदै नेपाल आउँदा साथ उनलाई तत्कालै नियन्त्रणमा लिएर प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । प्रहरीको यो कदमको सामाजिक संजालमा चर्को विरोध भइरहेको छ ।

सन्दीपलाई नियन्त्रणमा लिए लगत्तै बीर अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको छ । सन्दीपलाई १ पोको गाँजा सहित पक्राउ परेका काठमाडौंका विमल देउलादेखि पैसा लुटेको आरोपमा पक्राउ गरिएका सर्लाहीका संजय थापासहितका थुनुवा सँगै एकै स्थानमा राखिएको छ ।