सन्दीप लामिछानेलाई गौशालाबाट अस्पताल लगियो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आएका छन् । उनका वकिल सरोजकृष्ण घिमिरेलाई लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बालोएपनि उनी गएनन् ।

अहिले उनलाई मेडिकल परीक्षणका लागि अस्पताल लगिएको छ । सन्दीपको मे’डिकल परीक्षणका लागि अस्पताल लगिएको घिमिरेले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प’क्राउ गरेर सन्दीपलाई प्रहरी वृ’त्त गौशाला लगेको थियो । त्यहाँबाट अस्पताल लगिएको र आफूले भेट्न नपाएको अधिवक्ता घिमिरेले जानकारी दिए ।

‘सन्दीपजीले आ’त्मसम’र्पण गरिहाल्नुभयो । मेरो उपस्थतिमा आफूलाई बुझाउने अनुरोध गर्नुभएको थियो । मलाई इमेल गर्नुभएको थियो । तर म यहाँ आइपुग्दा खेरि प्रहरी टोली एयरपोर्टमा पुगि सक्नुभएको रहेछ,’ उनले भने ।

आफूलाई प्रहरी वृत्तमा नै भेट्न एयरपोर्ट जान सम्भव छैन भनेर प्रहरीले भनेको तर भेट्न नपाएको घिमिरेको भनाइ छ । ‘भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो । उहाँहरूले निय’न्त्रणमा लिएर मेडि’कलका लागि लिएर जानुभएको छ । मेडिकलमा २ घण्टाजति समय लाग्छ भन्नुभएको छ,’ उनले भने ।

कतार एयरवेजको क्यूआर ६४८ कल साइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन् । ख’राब मौसमका कारण उक्त विमान निर्धारित समयभन्दा केही बेर ढिलो अवतरण भएको थियो ।

१७ वर्षीया ना’बा लिगमाथि ब’लात्का रको आ’रोप लागेका सन्दीपवि’रुद्ध इन्ट’रपोल ‘डिफ्यु’जन नोटिस’ जारी भएको थियो । सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौँको एक होटेलमा ना’बालि गमाथि ब’ला त्कार गरेको आरो’प छ ।

नाबालिग किशोरीले भदौ २१ गते लामिछानेविरु’द्ध जब’रज स्ती क’रणी गरेको भन्दै गौशाला प्रहरी वृ’त्तमा जाहे’री दिएकी थिइन् । त्यसको भोलि पल्ट बाट प्रहरीले जा’हेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।