लोकप्रिय गायिका समिक्षा अधिकारीको दशैं यस्तो रह्यो !

चाडपर्वहरुमध्ये एउटा छुट्टै आनन्द महसुस गराउने ‘दशैं’को टीका सुरु भैसकेको छ । बिगतका २ वर्ष कोरोनाका कारण उत्साहपुर्ण देखिएन । यसपटक भने हिन्दु नेपालिहरु माझ दशैं उत्साहजनक देखिएको छ । हर्ष, उल्लासका साथ आउने र मनाउँने दशैंमा नेपाली कलाकारहरु पनि फुर्सद मिलाएर आफ्ना आफन्तजनसंग छन् ।

मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद थाप्न साइतमै तयारी भए । केही कलाकारहरू ले भने समयमै साइतको टीका आफ्ना मान्यजन बाट लगाउन पाएनन् ।

यस्तैमा गायिका समिक्षा अधिकारीले पनि आफ्नो परिवारसंग यसपालिको दशै मनाएकी छन् । आफ्ना मान्यजनबाट टीका र जमरा लगाउदै गरेको तस्वीरहरु उनले सामाजिक संजाल फेसबुकमा पोस्ट्याएकी छन् । हेर्नुस् तस्वीरहरु :