अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना

एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् ।

दीपिका सोमबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी थिइन् । सोमबार राति अभिनेत्रीको शरीरमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । तर, अहिले नायिकाको स्वास्थ्य पहिलेभन्दा राम्रो रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

मंगलबार पुरै दिनभरिनै स्वास्थ्य परिक्षण गरीएको थियो । उनको स्वास्थ्यको पछिल्लो अपडेट भने बाहिर आएको छैन ।

यस अगाडी दीपिकाको हैदराबादमा फिल्म सुटिङका ​​क्रममा स्वास्थ्य बिग्रिएको थियो । उनलाई हैदरावादको कामिनी अस्पतालमा लगिएको थियो, उक्त समय मुटुको धड्कन बढेको कारण अस्पताल भर्ना पनि गरिएको थियो । तर, उपचारपछि मुटुको धड्कन स्थिर भएपछि दीपिका फेरि सुटिङ सेटमा फर्किइकी थिइन् ।

उनको फिल्मको कुरा गर्दा दीपिका सन् २०२३ मा शाहरुख र जोन अब्राहमको साथमा ‘पठान’ मा देखिनेछिन् । यसबाहेक अभिनेत्री ऋतिक रोशनको फिल्म ‘फाइटर’ को सुटिङमा व्यस्त छिन् ।