‘बालेन विरुद्धमा बोल्यो भने उल्टै त्रिशूलीमा हाम फाल्या जस्तो हुन्छ’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका महानगरका मेयर बालेन्द्र साहविरुद्ध बोले त्रिशूलीमा हाम फाल्या जस्तो हुने गरेको बताएका छन् । मङ्गलवार राजधानीको एक कार्यक्रममा बस्नेत राष्ट्रपतिको विद्यादेवी भण्डारीको बचाउ गर्दै बालेन्द्रमाथि खनिएका हुन् ।

नेता बस्नेतले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा महाअभियोग लगाउन माग गर्दै पुत्ला जलाउनेहरू, बोलेनले महानगरमा तोडफोड मच्चाउँदै व्यवसायीहरूलाई रुवाउँदासमेत कोही पनि नबोलेको भन्दै आक्रोश व्यक्ति गरे ।

बस्नेतले भने,’ राष्ट्रपति ज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नु भएन । केही साथीहरू महाअभियोग लगाउनुपर्छ, राजीनामा दिनुपर्छ, पुत्ला जलाउनुपर्छ भनेर निस्के । राजीनामा दिनु भन्न पाइन्छ लोकतन्त्र यही हो । तर आज काठमाडौंको मेयर बोलेन जीले जुन ढङ्गले तोडफोड गरिरहनु भएको छ ।

दशैंको मुखमा साना व्यवसायहरूलाई आँसुमय बनाउनु भएको छ । रुवाबासी गर्ने बनाउनु भएको छ । बैङ्कको लोन लिएर राज्यलाई कर तिरेर व्यवसाय गरेका साथीहरूलाई महानगरले बदर आक्रमण सुरु गरेको छ । त्यसको विरुद्धमा बोल्यो भने उल्टै त्रिशूलीमा हाम फाल्या जस्तो हुन्छ । बुद्धिजीवी सामाजिक अभियान्ताहरु बेल्न डराएका छन् । ’

याे पनि ः

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी एकढिक्का भएर निर्वाचनमा जाने बताएका छन् ।

“चुनावका बेलामा टिकटका लागि रस्साकसी हुनु स्वाभाविक कुरा हो । आफ्नो जिल्लाबाट सिफारिस भएर आउँदा मैले पाए हुन्थ्यो, मेरो साथीले पाए हुन्थ्यो भन्ने हुन्छ । कांग्रेसले बढीभन्दा बढी सिट जितोस् भन्ने चाहना र चिन्ताले साथीहरुले दबाब सिर्जना गरिरहनुभएको छ । तर कांग्रेस एक भएर निर्वाचनमा जान्छ । विद्रोहका कुरा प्रतिपक्षले फैलाएको भ्रम मात्र हो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खड्काले भने ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र सन्तुलन मिलाउने उनको दाबी छ । खड्काले भने, “समानुपातिक बन्दसूची बाहिर आइसकेपछि केही असन्तुष्टि देखिएका छन् । त्यसलाई सच्चाउन असोज १६ गतेसम्मको समय छ । पार्टी सभापतिजीले यत्रा दलहरुलाई मिलाएर लानुभएको छ, पार्टीभित्र नमिलाउने भन्ने कुरा नै भएन ।”

संखुवासभामा संघीय क्षेत्रको टिकट आफूले पाउने पनि खड्काले बताए । उनले भने, “मेरो जिल्लामा अरु दलको दाबी छैन । प्रदेशमा एउटामा माओवादी केन्द्र र अर्कोमा एकीकृत समाजवादीको दाबी छ । प्रदेश खमा कांग्रेसको पनि दाबी छ । कांग्रेसले पाएमा विजय प्राप्त गर्न सहज हुन्छ । गठबन्धनमा मिलेर जाने हो ।” संखुवासभाबाट समानुपातिक बन्दसूचीमा प्रतिनिधित्व हुनुपर्नेमा पनि उनले जोड दिए ।

नेपाली कांग्रेसले गठबन्धनमा ८५ देखि ९० सिट पाउने पनि नेता खड्काको दाबी छ । उनले भने, “कांग्रेसको शक्ति स्थानीय तह निर्वाचनले पनि देखाइसकेको छ । हामी एक्लै जान नसक्ने होइन । यो १० लाखभन्दा बढी क्रियाशील भएको पार्टी हो । तर यसपटक गठबन्धनबाटै लड्छौं ।”