रञ्‍जितसँग हार्ने डरले राप्रपाको ढोका ढकढकाउदै ओली !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माओबादी केन्द्रका केन्द्रीय सदस्य रञ्‍जित तामाङ खतरा देखिएको छ। झापा–५ बाट रञ्‍जित तामाङको नाम सिफारिस भएको छ।

सो क्षेत्र ओलीको हो। ओली यो पटक पनि त्यहि क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा छन्। गत स्थानीय तहको निर्वाचन मत परिणाम अनुसार सो क्षेत्रमा ओली कम्जोर देखिएको छ।

त्यसैल गर्दा पनि ओली यो पटकको निर्वाचनमा राप्रपासंग गठबन्धन गरेर मात्र निर्वाचन लड्ने तयारीमा छन्। सत्ता गठबन्धनसंग पराजित हुने डरले ओली यो पटक भने राप्रपाको सहयोगमा निर्वाचन लड्ने तयारीमा छन्।

त्यसो त सो क्षेत्रबाट सत्ता गठबन्धनबाट रञ्‍जित तामाङ नै हुने नेताहरु बताउछन्। उनलाई सत्ता गठबन्धनको साथ छ। यदि ओलीले राप्रपासंग तालमेल नगरे तामाङले सहजै जित्ने नेताहरु बताउछन्।

ओलीलाई यो निर्वाचन जित्न निकै कठिनाई हुने नेताहरु बताउछन्। एमाले फुटेकै कारणले गर्दा र सत्ता गठबन्धन हुने निश्चित भएपछि ओली नै खतरामा छन्। २०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट ओली बाम गठबन्धनबाट निर्वाचित सांसद हुन्।

यो निर्वाचनमा उनले मात्र नभई सिंगो पार्टीले नै ठुलो क्षेती व्यहोर्न पर्ने देखिन्छ ।