खुल्यो सन्दीप लामिछाने लुक्नुको वास्तविक रहस्य, प्रहरीले चाल्यो यस्तो कदम !

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले भदौ २३ गते साँझपख आफ्नो फेसबुक पेजमा एउटा छोटो जानकारी ‘अपडेट’ गरायो।

नाबालिका ब,लात्कार आरोप लागेका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको सम्बन्धी यो सूचना प्रहरीको फेसबुक पेजमा लामो समय भने टिकेन।

त्यहीँ राति ९ बजेतिर प्रहरीले हटायो, तर कारण भने खुलाएन। काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले यो सूचना हटाउनुको कारणबारे केही बताउन चाहेनन्।

घटना अनुसन्धानकै क्रममा रहेको भन्दै उनी प्रतिक्रिया दिनबाट पन्छिए। बला,त्कारजस्तो गम्भीर अपराध अनुसन्धानमा प्रहरीले गोप्य राख्नुपर्ने अनुसन्धानका सूचना एकपछि अर्को गरी चुहाएको भन्दै आलोचना भएपछि छिनमै हटाएको स्रोतको दाबी छ।

अनुसन्धानमा संलग्न प्रहरीले नै यसमा आपत्ति जनाएका थिए। यो प्रकरणसँगै अपराध अनुसन्धानमा प्रहरीको खेलाँची फेरि एकपटक उदाँगिएको छ।

जसरी प्रहरीले अनुसन्धानका सूचना एकपछि अर्को ‘लिक’ गरिरह्यो त्यसरी नै आरोपित लामिछानेलाई पक्राउ गर्न भने सुस्त देखिएको छ। पीडित बालिका गौशाला २६ (छ) ले लामिछानेले आफूलाई भदौ ६ गते राति जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन्।

प्रहरीले घटनास्थलदेखि, पक्राउ पुर्जी जारी भएको र अध्यागमनमको कालो सूचीमा राखेको जस्ता सूचना सार्वजनिक गरेको थियो। पक्रा,उ पुर्जी जारी भएको सूचना सार्वजनिक गरेपछि भने यो घटनाबारे प्रहरीले कुनै पनि जानकारी दिएको छैन।

वेस्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न गएका लामिछाने नेपाल क्रिकेट संघ (क्यान)को सम्पर्कमै रहेका थिए। तर, पक्राउ पुर्जी जारी भएको सूचना बाहिरिएछि भने उनी नाटकीय रुपमा गायब भएका छन्।

त्यसअघिसम्म लामिछानेले आरोप निराधार भएको भन्दै नेपाल फर्केर कानूनी प्रतिवाद गर्ने सामाजिक सञ्जालमा लेखेका थिए। घटना सार्वजनिक भएलगत्तै त लामिछानेले क्यानसँग कानूनी सहायताका लागि आग्रह समेत गरेका थिए। तर, पक्राउ पुर्जी जारी भएको खबर बाहिरिएपछि भने उनी एकाएक सम्पर्कबिहीन बने।

जाहेरी पर्नसाथै प्रहरीले लामिछानेलाई नेपाल झिकाउन समेत प्रयास गरेन। त्यतिञ्जेल लामिछाने कहाँ के गरिरहेका छन् भन्नेबारे प्रहरी जानाकार नै थियो। तर, प्रहरीले यस्तो पहल नै गरेन, जसले गर्दा लामिछानले सम्पर्कविहीन हुने पर्याप्त समय पाए।

नेपाल प्रहरीका अवकाशप्राप्त नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल अपराध अनुसन्धानका सूचना सार्वजनिक गर्दा अनुसन्धान तीन किसिमले प्रभावित हुने बताउँछन्। पहिलो अभियुक्तलाई जोगिन सजिलो हुन्छ। दोस्रो, अनुसन्धानमा सुराक दिने स्रोत पनि गोपनियता नहुने रहेछ भनी डराएर प्रहरीलाई सहयोग गर्दैन।

तेस्रो यसले गर्दा अभियुक्त छिटो पक्राउ पर्ने सम्भावना टर्दै जान्छ। “अनुसन्धानका विषय छ्यालब्याल बनाउनुहुँदैन,” मल्लले हिमालखबरसँग भने, “फिल्मको ‘ट्रेलर’ सार्वजनिक गरेजस्तो अनुसन्धानका कुरा बाहिर ल्याउँदा अपराधीलाई उम्काउन प्रहरी नै उद्धत भएको बात लाग्न सक्छ। अनुसन्धानको मान्यता कुल्चनुहुँदैन।”

अर्का, पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) पुस्कर कार्की पक्राउ पुर्जी सार्वजनिक हुँदैमा अनुसन्धानमा ठूलो असर नगर्ने भए पनि गोप्य राख्नुपर्ने सूचना भने चुहाउन नहुने बताउँछन्। “पक्राउ पुर्जी सार्वजनिक हुने चीज नै हो।

तर, त्यो प्रचारमा ल्याउने की नल्याउने भन्ने विषय अनुसन्धान अधिकारीले निर्णय गर्नुपर्छ,” कार्की भन्छन्, “कहिलेकाहिँ प्रचार गर्दा फाइदा हुन्छ,

कहिलेकाहिँ आरोपित उम्किन्छ। त्यसैले यो अनुसन्धान अधिकारी र उसको युनिटको विवेकमा भर पर्छ।”

प्रहरी उच्च स्रोतका अनुसार शुरूमा क्यानका अधिकारीले लामिछाने नेपाल फर्कने भनेर अनुसन्धानरत प्रहरीलाई विश्वस्त तुल्याएको थियो। तर, पक्राउ पुर्जी जारी भएपछि भने लामिछाने आफूहरूसँग समेत सम्पर्कमा नरहेको क्यानका पदाधिकारीले बताएपछि प्रहरी झनै झस्किएको छ।

यद्यपि नेपालको प्रहरीले अझै पनि विभिन्न देशका प्रहरीबीच आपराधिक गतिविधिविरुद्ध संयुक्त रुपमा काम गर्न स्थापित अन्तर्देशीय प्रहरीको संगठन इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गरेको छैन।

रेड कर्नर नोटिस जारी गर्ने प्रक्रियामै रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए। यो धेरै लामो प्रक्रिया लाग्ने विषय भने होइन।

अनुसन्धानरत प्रहरी युनिटले रेड कर्नर नोटिस जारी गर्नुपर्ने कारणसहित पठाएपछि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमा खबर गर्नसाथ सूचना जारी हुने राईको भनाइ छ। “अहिले त पहिलेजस्तो फाइल बोकेर कुदिराख्नुपर्दैन,” उनले हिमालखबरसँग भने, “छिनमै भईहाल्छ।”

नाबालिका बलात्कारजस्तो अपराधको अनुसन्धानमा प्रहरीले भने चाँडो गर्नुपर्ने यही प्रक्रिया पूरा गर्नमा समेत समय खर्चिरहेको छ।

रेड कर्नर नोटिस जारी भएमा इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीले आरोपितलाई पक्राउ गरेर सम्बन्धित मुलुकमा पठाउन सहज हुन्छ। लामिछानेको अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतको भिसा अवधि बाँकी नै छ।

पूर्वका सहर बदलिएका छैनन्, बन्दै छन : दाहाल

काठमाडौँ — लेखक केशव दाहालले प्रदेश १ का सहर बन्ने क्रममा रहेको बताएका छन् । बन्दै गरेको सहरमा राजनीतिभन्दा जीवन, पेन्टिङ, नाटकको कुरामा मान्छे रमाउने उनको भनाइ छ ।

लेखक दाहालले ४० वर्षअघिको पूर्व र अहिलेमा आएको परिवर्तनबारे अनुभव पनि सुनाएका थिए ।

‘पहिले पूर्वका सहरका चोकको नाम पिपलगाछी, वरगाछी, कदमगाछी हुन्थे,’ उनले भने, ‘अहिले पुष्पलाल चोक, मदनचोक, बीपीचोक बनेका छन् । यहाँका सहर बदिलिएका होइनन् बल्ल बन्दै छन् ।’ कान्तिपुर दैनिक र मोरङ व्यापर संघले आयोजना गरेको ‘कान्तिपुर उज्यालो पूर्व’ कार्यक्रमअन्तर्गत ‘बदलिँदा सहर’ सत्रमा उनले ४० वर्षअघि संखुवासभाबाट इटहरी झर्दाको स्मरण साझा गरेका थिए ।

‘आजभन्दा ४० वर्षअघि मेरा लागि सहर भनेको चैनपुर थियो,’ उनले भने, ‘चैनपुर आउँदा बाफरे कत्रो ठूलो घर, कति धेरै मान्छे भन्ने लाथ्यो । त्यसपछि धरान झरेँ । धरान गाडीका बच्चैबच्चा (ट्याक्सी) थिए ।’ धरानमा पहिलो पटक मोटरको हर्न बजेको सुन्दा खुब रमाइलो लागेको बताए ।

त्यो बेला धरान र आसपासका सहरमा काठका खुट्टा गाडिएका घर हुने र तलपट्टि गाईवस्तु बाँधिएको हुने उनले बताए । माथि मान्छे बस्थे । त्यो बेला कच्ची बाटोमा गोरु गाढामा सवार गरिने उनी सम्झन्छन् ।

‘सिंगढा, चना खाजा खान्थ्यौं,’ उनले भने, ‘अहिले पिज्जा र बर्गर खान्छौं । अहिले गाईवस्तु पाल्दैनन् । पक्की घर बने, काठका घर हटे ।’