ऋषि धमलालाई सांसद बनाउन कांग्रेस नेताको प्रस्ताव

पत्रकार ऋषि धमलालाई सांसद बनाउनुपर्ने प्रस्ताव राखिएको छ । रिपोर्टर्स क्लब नेपालका अध्यक्षसमेत रहेका रिपोर्टर्स नेपाल डटकम र प्राइम टिभीका सञ्चालक एवं पत्रकार धमलालाई सांसद बनाउनुुपर्ने भन्दै नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रस्ताव राखेका हुन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा नेता घिमिरेले भने “ऋषिजी, हामीले राजाको नि’रंकुशतावि’रुद्ध ल’डेर लोकतन्त्र ल्याएका हौं । जीवनको बाजी राखेर संघर्ष गरेबापत हामीले के पायौं ?२०६४ देखि २०७४ सम्म बारबार अवहेलना गरेर हामीलाई किनारामा धकेले ।

२०६२/६३ को जनआ’न्दोलनका बेला तपाईंले साह्रै जोखिमपूर्ण अवस्थामा पनि पुतलीसडकमा रिपोर्टस क्लब नेपालको साक्षात्कार कार्यक्रम चलाउनुभयो । तपाईंले लोकतन्त्रका निम्ति एउटा चि’राग बाल्नुभयो ।

राजनीतिक दलहरुलाई साथ र सहयोग दिनुभयो । तपाईंले पनि पटकपटक संसद्मा जान खोज्नुभएको हो । तर पार्टीहरुले तपाईंको पनि मूल्यांकन गरेका छैनन् नि ।”

उनले एउटा विशाल पंक्तिको भविष्यमाथि खे’लबाड गर्नेलाई नछाड्ने दृढता पनि व्यक्त गरे । घिमिरेले थपे, “हामीले आफ्नो जीवन दाउमा राखेर लोकतन्त्र ल्यायौं । हामी माओवादी जस्तो जंगलमा लु’केर लडेको हो र ? हामी त दरबारतिर औंला ठड्याएर लडेका हौ ।

हामी राजाको निरं’कुशताविरु’द्ध लडिरहँदा यी नेताहरु कहाँ थिए ? अहिलेका गठबन्धनका नेताहरु को को थिए ? हाम्रो भविष्यमाथि खे’लबाड गर्नेलाई हामी छाड्छौं ? हामीलाई सि’ध्याएर आफूमात्र मात्र र’जाइँ गर्ने हो भने कदापि छाड्दैनौं ।”

लोकतन्त्रका नाममा कु’लिनतन्त्र हावी भएको आ’रोप पनि घिमिरेले लगाए । उनले भने, “हामीले लोकतन्त्रको मौलिक चरित्रलाई कु’रुप पारिसक्यौं । लोकतन्त्र भनेको चुनाव जित्नु र सरकार बनाउनु मात्र होइन ।

सीमित मान्छेले राज्यको शक्ति भोग गर्नु पनि होइन । लोकतन्त्र भनेको नेताहरुको मात्र जीवन बदल्नु होइन । लोकतन्त्र भनेको आम जनताको जीवन बदल्नु हो । त्यसका लागि हामी लड्ने बेला आएको छ ।”