अरु कोही भेट्टाईँन केपी ओली जत्तिको राजनेता: सर्वोन्द्र खनाल

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले केपी ओली जत्तिको राजनेता अरु कोही नभेटेको तथ्य सुनाउनु भएको छ । आज नेकपा एमाले प्रवेश गरेपछि आफ्नो धारणा राख्दै ओली जस्तो राजनेता भएकै कारण एमलोमा प्रवेश गरेको बताउनु भयो ।

उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गर्नुभएको थियो । सो क्रममा सम्बोधन गर्दै पूर्वआईजीपी खनालले केपी ओलीजस्तो राजेनता नेपालमा अरु कोही नभएको बताउनुभयो । प्रहरीको जागिर खाँदादेखि आईजीपी हुँदासम्मको कार्यकालमा अन्य नेता प्रधानमन्त्री भएपनि ओलीजस्तो राजनेता अर्को नभेटिएको खनालले बताउनुभयो । अध्यक्ष ओली देशको नेता भएको खनालको ठहर छ ।

’मेरो कार्यकालमा करिब ७ जना प्रधानमन्त्री बन्नुभयो, किशुनजीदेखि लगायत मैले उहाँका धेरै कुरा देख्न पाइनँ, मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड केपी ओली जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ, म उहाँका कुराबाट लालायित हुन्थेँ,’ उहाँले भन्नुभयो ।

केपी ओलीजस्तो सबैले मानेको नेतृत्वमा जोडिन पाउँदा निक्कै खुशी महशुस भएको खानलले बताउनुभयो । ’अध्यक्ष कमरेडको राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर एमालेमा प्रवेश गरेको हूँ, नियम र विधिसम्मत काम गर्दा निर्धक्कको वातावरण बनाउने नेता सायद मैले अर्को भेटिनँ, आम नेपालीको अपेक्षा, देश विदेशका नेपालीको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीका प्रणेताको हातबाट एमाले जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा हर्षविभोर छु,’उहाँले भन्नुभयो ।

एमाले अध्यक्ष ओलीले जहिलेपनि सही र राम्रा कुरालाई साथ दिँदै आउनुभएको खनालले बताउनुभयो । प्रहरी सेवामा आफ्नो कार्यकालमा प्रधानमन्त्री भएको बेला अध्यक्ष ओलीले राम्रा काममा मात्रै सघाउनुभएको स्मरण गर्दै उहाँले भन्नुभयो , ’उहाँ सम्पूर्ण प्रहरी कर्मचारीको आशाको केन्द्र समेत हुनुहुन्छ,म इन्सपेक्टर हुँदा उहाँ गृहमन्त्री हुनुहुन्थ्यो,उहाँले निती नियमको राम्रो सुरुआत गर्नुभएको थियो ।’

इन्सपेक्टरमा रहँदा आफूमाथि अन्याय भएका बेला ओलीले न्याय दिलाउनुभएको पनि खनालले स्मरण गर्नुभयो । शान्ति सुरक्षा र अमन चयन कायम राख्न पनि अध्यक्ष ओलीले निक्कै साथ दिनुभएको खनालले स्मरण गर्नुभयो । मधेशमा आफूले काम गर्दा पनि अध्यक्ष ओलीले हौसला दिनुभएको पनि खनालले स्मरण गर्नुभयो ।

नेपाल निर्माणका लागि अध्यक्ष ओलीको अभियानमा साथ दिन सबैलाई उहाँले आव्हान गर्नुभयो । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तयार रहेको भन्दै खनालले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्नका लागि संगठनमा क्रियाशील रहने बताउनुभयो । एमाले प्रवेश गर्नु आफ्नो जीवनको दोस्रो पाटोमा प्रवेश गरेको बताउनुभयो ।