लुुकेर अर्को गल्ती गर्दै लामिछाने, ह्वात्तै बढ्यो फस्ने सम्भावना !

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट निलम्बनमा परेका सन्दीप लामिछाने आफैँले चाँडै नेपाल आउने बताएपनि उनी हप्तादिनसम्म पनि नेपाल फर्किएका छैनन् । यसले उनीमाथि शं’का बढ्दै गएको छ ।

नाबा’लिकामाथि ब’ लात्कार गरेको आ’रोप लागेपछि उनको भविष्य नै डा’माडोल हुने देखिएको छ । तत्काल काठमाडौं आउने कुनै सम्भावना नरहेको बुझिएको छ ।

‘’हामीले पनि जताततै आज आउन लागेको ह’ल्ला सुन्यौं । तर अहिलेसम्म कुनै संकेत प्राप्त भएको छैन,” स्रोतले भन्यो । केही दिनअघि लामिछानेले सामाजिक सञ्जालमा आफू छिट्टै नेपाल फर्केर प्रहरी अनुसन्धानमा सघाउने बताएपछि उनी एक दुुई दिनमै स्वदेश फर्कने अनुमान लगाइएको थियो ।

यता नेपाल प्रहरीले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा लामिछानेलाई का’लोसू’चीमा राख्नुपर्ने व्यहोरो उल्लेख गरेर लिखित जानकारी गराइसकेको छ ।

सन्दीप अहिले सिंगापुुरमा बसेर कानुुनी परामर्श गरिरहेको कुराले उनीमाथि नै शं’काको सुुई घुुमिरहेको छ । उनीमाथि अघिल्लो मङ्गलबार १७ वर्षीया किशोरीले ब”लात्कार आ’ रोप लगाएर प्रहरीमा उजु’री दिएकी थिइन् ।

लामिछानेमाथि भदौ ५ गते राति गौशाला, पिंगलास्थानको काठमाण्डौ इन होटलमा किशोरीलाई पटक पटक बला”त्कार गरेको आ’रोप लागेको छ ।

ब”लात्कार आरो’प लागेपछि उनले सामाजिक सञ्जालमार्फत आफू नि’र्दोष रहेको र कानुनी ल’डाईं लड्न तयार रहेको र खेल छाडेर छिट्टै नेपाल आउने पनि बताएका थिए । नेपाल क्रिकेट संघ क्यानले उनलाई नि’लम्बन गरेको छ ।

लामिछाने मैत्रीपूर्ण टी-२० र एक दिवसीय शृङ्खलाका लागि नेपालको नेतृत्व गर्दै केन्या पुगेका थिए। टी-२० शृङ्खलामा जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनी त्यसपछि क्यारिबीअन लीग खेल्नका लागि जमैका गएका थिए । तर, टिमले निकालेपछि उनी त्यहाँबाट सिंगापुुर गएको खुलेको हो ।

लामिछाने सन् २०२१ को डिसेम्बरमा नेपालको कप्तानमा नियुक्त भएका थिए। लामिछाने पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए।