जबरा आज अदालत नजाने मुडमा !

काठमाडौं, ४ असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज अदालत नजाने भएका छन् । यसअघि असोज २ गते उनी अदालत जाने तयारीमा थिए । तर, अदालत जाने तयारी गरेर सर्वोच्च अदालतको प्रशासनलाई खबर पठाएसँगै उनीविरुद्ध अवरोध भएको थियो ।

जबराले भने आफूलाई नजरबन्द गरिएको प्रतिक्रिया दिएका थिए । सोलगत्तै मानव अधिकार आयोगको टोली जबरा निवास पुगेर स्थलगत अध्ययन गरेको थियो । आयोगले व्यक्तिको व्यैक्तिक स्वतन्त्रतालाई सम्मान गर्न र जबरालाई कुनै अवरोध नगर्न सरकारसमक्ष आग्रह गरेको थियो ।

सरकारले जबराको सुरक्षार्थ खटिएका सबैलाई फिर्ता बोलाएको छ । उनी चढ्दै आएको सवारी पनि खोसेको छ । जबराले भने आफूलाई सुरक्षा थ्रेटको महशुस गरेको बुझिएको छ ।