‘गठबन्धन भागबण्डाका लागि बैठक बस्दाबस्दा सोफाको खोल नै च्यातिसके’ -प्रदीप ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तागठबन्धन भागबण्डाका लागि बैठक बस्दाबस्दा सोफाको खोल नै च्यातिसकेको कटाक्ष गरेका छन् ।

पार्टी मुख्याल च्यासलमा जारी पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै उनले यसतो कटाक्ष गरेका हुन् । अहिलेसम्म ५ वर्षमा को–को पालो गरेर प्रधानमन्त्री बन्ने भन्ने ध्याउन्नमा पाँच दल अड्किएको बताए ।

‘अहिलेसम्म ५ वर्षमा कोको पालो गरेर प्रधानमन्त्री बन्नेमा लागेका छन् । उनीहरूलाई जनताको चिन्ता छैन, अछाममा बाढी आओस्, डेंगु आओस् एकरति आँसु नि झार्दैनन्’, ज्ञवालीले भने ।

यो पनि :-

काठमाडौँ । एक दशकभन्दा लामो समयदेखि विद्यार्थीलाई शैक्षिक गतिविधिमा सहयोग गर्दै आएको ‘एडु सञ्जाल’ले ‘सिम्याट’को अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ ।

यसअन्तर्गत विद्यार्थीले आफ्नो मोबाइल वा ल्यापटपबाट इन्टरनेटको सहयोगमा एडुसञ्जालको आधिकारिक वेबसाइट मा गई सिम्याटको कक्षा लिनसक्ने व्यवस्था गरिएको छ । साथै सीमित अवधिका लागी यो सुविधा निःशुल्करूपमा प्रदान गरिएको सञ्जालका संस्थापक विदुर आचार्यले जानकारी दिए ।

“सिम्याट परीक्षाको तयारीलाई थप सहज बनाउन अनुभवी प्रशिक्षकसँगको सहकार्यमा अनलाइन भिडियो सामग्री राखेका छौँ”, उनले भने, “हरेक लेसनको पछाडि क्विज पनि राखेका छौँ । यसले विद्यार्थीलाई आफ्नो बुझाइ र सिकाइको आफैँ मूल्याङ्कन गर्न मद्दत मिल्ने विश्वास लिएका छौँ ।”

भौतिक उपस्थितिमा पठनपाठनका लागि समयको निश्चित अवधि हुँदा विद्यार्थीलाई केही असहज हुने गरेको छ तर अनलाइन पठनपाठनमा विद्यार्थीले आफ्नो समय अनुकूल पठनपाठन गर्न सहज हुने, साथै काठमाडौँ उपत्यका बाहिरका विद्यार्थीका लागि पनि यसले थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

“विद्यार्थीले यो अनलाइन कोर्ष पूरा गरिसकेपछि परीक्षाका लागि ट्रिक र टिप्स पाउने, उच्च अङ्क हसिल गर्न सहयोग हुने, आफैँलाई मूल्याङ्कन गर्ने र आफ्नो क्षमता पत्ता लगाउने अवसर पाउने र व्यावसायिक तथा दैनिक जीवनमा उपयोगी हुने ज्ञान हासिल गर्नेछन्”, उनले भने, “मोक टेस्ट र विगतमा सिम्याटमा सोधिएका प्रश्न पनि सोही लेसनमा समावेश गरेकाले विद्यार्थीलाई अझ सहज हुने विश्वास छ ।”

के हो सिम्याट ?

त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन सङ्कायअन्तर्गत सेमेस्टर सिस्टममा आधारित बिबिए, बिबिएम, बिएचएम, बिआइएम, बिपिए, बिटिटिएम र बिएमएसको शैक्षिक कार्यक्रमका लागि लिइने अनिवार्य ‘एजिबिलिटी टेस्ट एक्जाम’ नै सिम्याट (सेन्ट्रल म्यानेजमेन्ट एड्मिसन टेस्ट) हो ।

आफूले चाहेको कलेजमा उपयुक्त कोर्ष पढ्नका लागि र छात्रवृत्तिका लागि सिम्याटमा राम्रो अङ्क ल्याउनुपर्ने हुन्छ । सिम्याटको ‘इलिजिबिलिटी’मा कक्षा १२ वा सोसरहको पढाइमा १।८ सिजिपिए वा कम्तीमा दोस्रो श्रेणी वा पूर्ण विषयमा सी ग्रेड प्राप्त भएको हुनुपर्ने जनाइएको छ ।

नब्बे मिनेटको सिम्याट परीक्षामा ‘भर्बल एबिलिटी’, ‘क्वान्टिटेटिभ’ ‘एबिलिटी’, ‘लजिकल रिजनिङ’ र ‘जेनेरल अवेरनेस’ चार ‘सेसन’ हुन्छन् । हरेक ‘सेसन’मा २५ प्रश्न र २५ नै अङ्कभार बोकेको हुन्छ भने कूल एक सय वस्तुगत प्रश्न हुने बताइएको छ ।