निखिल उप्रेतीसँग बिहे गरेपछि संचिता लुईटेल को डिप्रेसन : ३ पटक सुसाइडको प्रयास

काठमाडौं । अभिनेत्री संचिता लुईटेल र अभिनेता निखिल उप्रेतीका दुई सन्तान छन्, आर्थव र सान्वी ।

संचिताले एक बर्षको अन्तरमा छोरा र छोरीलाई जन्म दिएकी हुन् । जन्मान्तर जरुरी छ है, भन्ने विज्ञापनमा खेल्ने अभिनेत्रीको नै यति चाँडो बच्चा भन्ने सबैले गरेका थिए । तर अब बच्चा हुर्किदै गए ।

यी बालबच्चालाई कसरी ख्याल गर्ने, कसरी पढाउने, कसरी खेलाउने भन्ने कुरामा संचिता निकै सर्तक र सचेत छिन् ।

संचिता आफ्ना बालबच्चाका लागि आफू पनि बालबच्चा जस्तै हुनुपरेको अनुभव सुनाउँछिन् । उनी आफ्नो छोरा चै अलिक कम बोल्ने गरेको बताउँछिन् ।

बच्चाहरु टेलिभिजनमा कार्टुन हेर्छन्, चकलेट खान रुचाउँछन्, खेलौनाहरु छरपस्ट पारेर खेल्न मन गर्छन्, बर्थ डे सेलिब्रेट गर्न रहर गर्छन् ।

आफ्ना बच्चा रमाउने र खुशी हुने यी सबै गतिविधिका सञ्चिता आफै अग्रसर हुन्छिन् र उनी पनि बच्चा जस्तै भएर यी कामहरु गर्छन् ।

सञ्चिता भन्छिन्, ‘आफूलाई भुलेर म कहिले कहिं बच्चा जस्तै हुन्छु । उनीहरुसँग यति धेरै संगत गरेको छु कि, कार्टुनमा रमाउन सक्छु । चकलेटको स्वाद लिन सक्छु । बच्चाहरुलाई बर्थ डे सेलिब्रेसन गरेको असाध्यै मन पर्छ । त्यसमा उनीहरु उन्मुक्त रमाउन सक्छन् । त्यसैले म केक काटिदिन्छु ।’

बच्चाका लागि उनी अभिभावक वा आमा भन्दा पनि साथी जस्तै छिन् । यद्यपी बच्चाले गर्ने कतिपय काममा भने उनको ममतापूर्ण हस्तक्षेप हुनेगर्छ ।

बालबच्चा कहिले काहीँ विद्यालय जान मान्दैनन् । सञ्चिता जोर–जबरजस्ती गर्दिनन् । छोराछोरी कहिले काहीँ जंक फूड खाने इच्छा गर्छन् । सञ्चिता नाई–नास्ती गर्दिनन् । उनलाई थाहा छ, बच्चालाई आवश्यक्ता भन्दा बढी हस्तक्षेप वा निगरानी ठिक हुन्न ।

बच्चाका बारेमा मात्र उनले धेरै खुलाइनन् । उनले जीवनकै बारेमापनि खुलिन् । उनले कतिपय व्यक्तिगत कुराहरु खुलाउन नसक्ने भएपनि मेरा कुरा केही बोल्नुपर्ने रहेछ, भन्ने लाग्न थालेको छ ।

सन् २०१० तिर म डिप्रेसनमा थिए । म एकोहोरो हुन्थे । म सोचिरहन्थे । मेरो लाईफ नै बेकार भयो । ला म खराब भए, भन्ने लाग्यो । मैले एक हप्तामा नै तीन पटकसम्म सुसाइडको प्रयास गरे । आजसम्म मैले भनेको थिइन ।

सन् २००८ मा मेरो विवाह भयो । सन् २००९ सम्म चै म काममा व्यस्त भए । तर सन् २०१० देखि मलाई साथीहरुले विवाहको बारेमा मलाई कुरा काटेको फिल गरे । मलाई एकदम रुन मन लाग्यो । त्यसपछि विपश्वना गए । तर म त्यहाँपनि सुधार हुन सकिन । म मुम्बाई गए ।

त्यहाँ गएपछिपनि अनेक कुराहरु सुने । म झनै डिष्ट्रव भए । मेरो विवाहकै कारण म यस्तो भए । मैले तीन पटक सुसाइड प्रयास गरे ।

तर मैले आमा र बच्चाहरु देखेर सुसाइड रोके । तर म फेरी दोस्रो पटक गर्भवती भए । त्यसपछि फेरी म बच्चा जन्माएर सुसाइड गर्छु भनेर अस्पतालमा ट्राई गरे ।

तर कोसिस गर्दै गर्दा नर्सले ओहो संचिता लुईटेल भनेपछि मलाई त चिन्ने रहेछन् भनेर म फेरी रोकिए ।

यो सबै उनले इमेज च्यानल टेलिभिजनको एक कार्यक्रमका कुराकानीमा खुलाएकी हुन् ।