लाजमर्दो स्थिति छ, पुरुष भएको भए चार दिनमै राखिन्थ्यो : वामदेव गौतम

काठमाडौं । सांसद वामदेव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाका उपसमाभुख पदहरु खाँली रहनु लज्जाको विषय भएको र यसमा महिला पदहरु भएकाले अहिलेसम्म पूर्ति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले नेपालको संविधानमा भएको व्यस्थालाई कार्यान्वयन नगर्नु लज्जाको विषय भएको बताउनुभयो ।

“राष्ट्रियसभा उपाध्यक्ष नभएको चार महिना भयो, प्रतिनिधिसभामा चार वर्षदेखि उपसभामुख नै छैन”, सांसद गौतमले भन्नुभयो, “लाजमर्दो स्थिति छ, पुरुष भएको भए चार दिनमै राखिन्थ्यो तर महिला भएकाले अहिलेसम्म उपाध्यक्ष खाली छ ।”

उहाँले नेपालको संविधानमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि संसद्ले नै संविधानको कार्यान्वयन गरेर काम नगरेकोप्रति महिला सांसदहरु बोल्नुपर्ने जरुरी भएको बताउनुभयो ।

“संविधानमा नै प्रष्ट रुपमा लेखिएको छ, सभामुख पुरुष भए उपसभामुख महिला हुने वा सभामुख महिला भए उपसभामुख पुरुष हुनेछ भनेर, त्यस्तै व्यवस्था राष्ट्रियसभामा पनि छ”, सांसद गौतमले भन्नुभयो, “दुवै सदनमा महिला अनिवार्य भएको पदमा छैनन्, महिला सांसदहरुले यसबारेमा आन्दोलन नै गर्नुपर्ने होइन ?”

याे पनि ः

काठमाडौं । विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ ।

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी ७ बच्चा जन्मिएको घटना आज हामी उल्लेख गरिरहेका छन् ।

‘गर्भ रहेपछि नै हामीलाई थाहा थियो कि एक भन्दा धेरै बच्चा गर्भमा छन् । पत्नीले स्वास्थ्य अवस्था बिग्रिएसँगै हामीले उपचार गराइरहेको निजी क्लिनिकले हामीलाई अस्पताल जाने सल्लाह थियो ।’

पाकिस्तानको खैबर पख्नुन्ख्वास्थित एबटावाद सहरमा एकसाथ सातवटा बच्चाको पिता बनेका यार मोहम्मदको भनाई हो यो । उनी खुशीले गदगद छन् ।

निजी क्लिनिकको सल्लाहपछि आफूहरुले बडो कठीनपूर्वक एबटावादको जिन्ना अन्तराष्ट्रिय अस्प्तालमा पुगेको र त्यहाँ अल्लाहले आफूहरुलाई एकसाथ ४ छोरा र ३ छोरी गरी दिएको उनी बताउँछन् ।

बटग्रामका बासिन्दा हुन् मोहम्मद दम्पत्ति । हाल आमा र नवजात शिशुहरुको स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालको भनाइ छ ।

यार मोहम्मद दम्पत्तिका यसअघि नै दुईवटा छोरी छन् । अहिले ७ वटा जन्मिएसँगै उनका नौ सन्तान भएका छन् ।

यतिधेरै सन्तान हुँदा पालनपोषण कसरी गर्ने ? तर मोहम्मदलाई चिन्ता छैन । आफूहरु संयुक्त परिवारमा बस्ने भएकोले बच्चाबच्चीहरु सबैको सहयोगमा हुर्किनेमा उनी ढुक्क छन् ।

एबटावादको जिन्ना अस्पतालकी एक डाक्टरका अनुसार गत शनिवार अस्पतालमा ल्याइएकी मोहम्मदकी पत्नीको अल्ट्रासाउण्ड गरिएसँगै पेटमा कम्तिमा ५ वटा बच्चा भएको अनुमान गरियो । तर महिलाको स्वास्थ्य अवस्था निकै नाजुक थियो ।

रक्तचाप खतरनाक ढंगले बढेको थियो भने पेट पनि निकै फूलेको थियो । उनले यसअघिका दुईवटा छोरीहरु शल्यक्रिया गरेर जन्माएकी हुनाले पहिले टाँका लगाएको ठाउँमा निकै दुखिरहेको थियो । त्यसैले टाँका तथा गर्भाशय फुटेर आमा र बच्चाको ज्यानै जाने जोखिम समेत थियो ।

त्यसैले अस्पतालका डाक्टरहरुले तत्कालै छलफल गरेर उनको शल्यक्रियाको तयारी गरे । शल्यक्रिया एक घण्टासम्म चल्यो । शल्यक्रिया समेत निकै जटिल र खतरनाक बन्यो ।

किनकी उनको पेट, गर्भाशय र पिसाब थैली एक आपसमा टाँसिएका थिए । निकै सावधानी पूर्वक गर्भाशयबाट उनीहरुले एक एक गरी सातवटा बच्चा बाहिर निकाल्न सफल भए । डाक्टरहरु नै एकछिन चकित बने ।

डाक्टरहरुका अनुसार गर्भाधारण गर्नका लागि औषधिको सेवन गर्नाले यसरी ठूलो संख्यामा एकसाथ गर्भ रहने गर्दछ ।

औषधिका कारण एकसाथ एकभन्दा धेरै डिम्बहरु पाक्ने हुनाले जुम्ल्याहा वा त्यो भन्दा धेरै संख्यामा बच्चाको भ्रूण बन्ने गर्दछ । ती महिलाले पनि गर्भाधारण गर्ने औषधि सेवन गरेकै कारणले गर्भमा सातवटा बच्चा रहेको हुनसक्ने ठहर डाकटरहरुले गरेका छन् ।