यो गठबन्धन भनेको एकातिर राँगो र अर्को तिर गोरु नारेर जोतेको जस्तो हो: डा. सुरेन्द्र केसी

काठमाडौं– सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेको छ । स्थानिय तहको निर्वाचनमा गठबन्धन गरेका दलहरु संघिय निर्वाचनमा पनि गठबन्धन गर्ने दाउमा रहेका छन् ।

निर्वाचनमा काग्रेससँग गठबन्धन गरेर नेकपा एमालेलाई चुनाव हराउँछौ भनेर कस्सीएका नेकपा मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई राजनितीक विश्लेषक डा सुरेन्द्र केसिले जवाफ दिएका छन् ।

वाम गठबन्धन भनेर निर्वाचन जितेर अहिले प्रचण्ड र माधव नेपालले देउवाको पाउमा सत्ता वुझाएको भन्दै डा केसीले अहिले देउवाले प्रचण्ड र माधव नेपाललाई भैसी चराएको जसरी चराइरहेको दाबी गरेका छन् । काग्रेसलाई सरकार चलाउँने जनमत प्राप्त नभएको जिकिर गर्दै डा केसीले यो लोकतन्त्रको भद्दा मजाक भएको बताएका छन् ।

राजनितिक विश्लेषक डा केसीले काग्रेस र कम्युष्टिको गबठन्धन सैद्धान्तिक रुपमा अप्राकृतिक भए पनि नेपालमा राजनिती एउटा व्यवसाय भएका कारण जे पनि सम्भव हुने बताएका छन् ।

विचार र मूल्य मान्यताका आधारमा गठन्धन हुने हो भने देउवा र प्रचण्डको गठबन्धन कसरी हुन्छत रु टाउको काट्ने र काटिनेको विचका केहि गरि गठबन्धन हुन्छ? डा केसीले प्रश्न गरेका छन् । मूल्य मान्यता र सिद्धान्तबाट च्यूत भएको राजनितीमा मात्रै यस्तो जे पनि सम्भव हुन्छ। डा केसीले भनेका छन् ।

नेपाली काग्रेसको केन्द्रिय समितीले गठबन्धन गर्ने निर्णय गरेको भनेर दंग परिरहेका माओवादी केन्द्र र नेकपा एसका कार्यकर्तालाई झसंग हुने गरि डा केसीले नयाँ खुलासा पनि गरेका छन् । काग्रेसले गरेको निर्णय राम्रो सँग बुझ्ने हो भने गठबन्धन नगर्ने भन्ने निर्णय गरेको दाबी डा केसीको छ ।

काग्रेसले आवश्यकता र अवस्थाका आधारमा तालमेल गर्न सक्ने भनेको छ गठबन्धन गर्ने कुरा त गरेको छैन प्रचण्ड र माधव नेपाललाई पनि झुक्काएको छ र तल कार्यकर्ताको भावनालाई पनि कागे्रसले बोकेको छ । तालमेल गर्ने अधिकार स्थानिय तहलाई दिने भए पनि गठबन्धन नहुने भन्ने निर्णय पो काग्रेसले गरेको छ । डा केसीको तर्क छ ।

माथीबाट देउवा र प्रचण्डले जतीनै गठबन्धनको रटान लगाए पनि तल बस्तुगत यथार्थ भने गठबन्धन बन्न नसक्ने खालको रहेको दाबी डा केसीले गरेका छन् । काग्रेस र माओवादीका विचमा घरघरमा समस्या रहेको भन्दै हात काट्नेलाई कसरी भोट हाल्छौ भनेर काग्रेस कार्यकर्ता बसेको डा केसीको मत छ ।

देउवा आफैँले एमाले बलियो छ भनेर सार्वजनिक अभिव्यक्ति दिएको र काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले एमालेलाई साइजमा राख्न भए पनि गठबन्धन गर्नु पर्ने कुरा गरेको स्मरण गर्दै डा केसीले काग्रेस पराजित मानसिकतामा गएको भनेका छन् ।

परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेको तर्फ संकेत गर्दै डा केसीले श्यालबहादुरलाई शेरबहादुर बनाएको त प्रचण्डलेनै हो भनेका छन् । मैलै देउवालाई प्रधानमन्त्री बनाए काग्रेसहरु मलाईनै हेप्छन् भन्दै प्रचचण्डले दिएको अभिव्यक्ति देउवाले राम्रो सँग टोटिस गरेको तर्क केसीको छ । देउवा जतीनै निम्छरो मान्छे भए पनि प्रधानमन्त्री त प्रचण्डले बनाएको भन्ने बुझेका छन् नी केसीले भनेका छन् ।

गठबन्धनका बिषयमा चितवनमा काग्रेस कार्यकर्ताहरुबाट व्यक्त भइरहेका भावनाको गहिरो अर्थ हुने पनी डा केसीले बताएका छन् । काग्रेसका कार्यकर्तालेनै हामीले रुखमा भोट हाल्न कहिले पाउँछौ भनेर माग गर्नु पर्ने अवस्था आउँनु दुखद पक्ष भएको उनले बताएका छन् ।

काग्रेस र कम्युनिष्टको गठबन्धनलाई अप्राकृतिक गठबन्धन भन्दै डा केसीले यो गठबन्धन एका तिर राँगो र अर्को तिर गोरु नारेर जोतेको जस्तो गठबन्धन भएको बताएका छन् । यो गठबन्धन स्वार्थ परक रहेको भन्दै यसले जनतालाई केहि नदिने ठोकुवा पनि डा केसीले गरेका छन् ।