गणितमा फेल हुने बालेन शाहले खोले इन्जिनियर बन्नुुको रहस्य

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू सँधै गणितमा फेल हुने गरेको बताएका छन् । आफू सँधै गणितमा फेल भएपनि हार नखाँदा इन्जिनियर बनेको उनले बताए ।

आइतबार काठमाडौंमा आयोजित आत्मह”त्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रममा बोल्दै मेयर शाहले यस्तो बताएका हुन् । मेहनत गर्न र साहस प्रदर्शन गर्न सिक्नुपर्ने उनको भनाई छ । उनले असफलताले धेरै कुरा सिकाउँने बताए ।

“हामीले जिन्दगीमा हार्न सिकेका हुँदैनौँ । हामी सोसल मिडियामा व्यस्त हुन्छौँ । हामी हा’र्न निकै ड’राउँछौँ,” उनले भने, “हामी आफूलाई कमजोर भन्ठान्छौँ । त्यस्तो सोच्नु हुँदैन । कुनै पनि कुरा हा’र्न सिक्नुपर्छ । सबै ठाउँमा सफल भइन्छ भन्ने हुँदैन ।”

उनले हारलाई आत्मसात गरे धेरै पाठ सिकेर अगाडि बढ्न सकिने बताए । विद्यार्थीहरुलाई स्कुलमा थोरै नम्बर आउदैमा हरे’श खाइहाल्नुपर्ने नहुने पनि उनले बताए । आफ्नो उदाहरण दिदै उनले यो कुुरालाई थप जोड दिए ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले समाजमा कुनै पनि नेपालीको अ’कालमा मृ”त्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिवद्ध रहेको बताएका थिए । राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको उनले बताएका थिए ।

आमनागरिकहरू कसैले पनि आत्मह”त्याको बाटो नरोज्नुहोस् । जीवन महत्वपूर्ण छ । जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ । आफ्नो जीवनलाई अझै महत्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिबृद्धि गराऊँ, अरुलाई सहयोग गर्ने काम गरौँ,’ गृहमन्त्री खाणले भने ।