समीक्षा अधिकारीले गरिन् ठूलो घोषणा !

गायिका समीक्षा अधिकारीले क्षतिपूर्तिको रकम नलिने भएकी छिन् । उनले आफू जोडिएको घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी छन् । उनले सामाजिक सञ्जालमा आफूविरु’द्ध नकारात्मक कमेन्ट आएकोमा दुः’खसमेत पोखेकी छन् ।

समिक्षाले आज फेसबुकमा स्टाटस लेख्दै लामो समयको मौनता तोडेकी हुन् । सामाजिक सञ्जालमा लज्जा’स्पद तस्विर र गा’लीग लौजले आफ्नो मा’नसपटलमा नकारात्मक प्रभाव परेको उनको गुनासो छ ।

‘कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’, उनले लेखेकी छन्, ‘मैले क्षतिपूर्तिबापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनशाय पनि छैन ।’

त्यस्तै, उनले आफू आफ्नो अ’स्मिता रक्षाका लागि आफ्नो ठाँउमा अडिग रहेको र ल’डेको आशय व्यक्त गरेकी छन् । उनले सबैको साथ, सहयोग र सकारात्मक विचारको आशा पनि लिएको बताएकी छन् ।

यस्तो छ उनको भनाईः

मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार!
यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दु’खद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दु’खद घटना हो।

सामाजिक सञ्जालमा मेरो विरु’द्ध बनेका ल’ज्जास्प’द तस्बिर र गा’ली ग’लौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ।

कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला। बाँकि रह्यो पैसाको कुरा मैले क्ष’तिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन।

क्ष’तिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।