माधव नेपालको पार्टीले थ्रेसहोल्ड नकटाउने केपी ओलीको भबिस्यबाणी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै ओलीले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकता नै नरहने दाबी गरे । उनले भनेका छन्, ‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनू ।’

माधव नेपालको पार्टीसँग विचारै नभएको, बरु देश बर्बाद पार्नेमध्ये एक भएको उनको आरोप छ ।माओवादी आन्दोलन पनि असफल हुने उनको दाबी छ । माओवादीमा प्रचण्ड र उनको परिवार बाहेक कसैलाई फाइदा नपुग्न समेत ओलीले बताएका छन् ।

यो पनि पढ्नुहोश: नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले निर्वाचन आयोगको व्‍याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लैजाने बताएका छन् ।मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै महासचिवल गुरूङले आयोगको व्‍याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लैजाने बताएका हुन् ।

उनले भने, ‘निर्वाचन आयोगको व्‍याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लान्छ । यो संविधानको भावनासँग मेल खादैन । संविधानको भावनामा प्रतिनिधिसभा अविछिन्न उत्तराधिकार नयाँ आएपछि पुरानोलाई विस्थापित गर्छ भन्ने हो ।’

उनले अब प्रतिनिसभाको कार्यकालबारे संसद सचिवालयले टुंगो लगाउनु पर्ने बेला आइसकेको बताए । उनले भने. ‘अब प्रतिनिसभाको कार्यकालबारे संसद सचिवालयले टुंगो लगाउनुपर्छ ।निर्वाचन आयोगले भने अनुसार नै हो भने सार्वभौम संसद कहाँ रह्यो ?’