हिजो बिरोध गर्नेहरु आज देश बचाउनु पर्यो भन्दै मेरो शरणमा आइरहेका छन् :केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजाे विराेध गर्नेहरु आज देश बचाउनुपर्‍याे भनेर आफ्नाे शरणमा आएकाे बताउनुभएकाे छ ।माेरङकाे विराटनगरमा शनिबार आयाेजित नेपाल बुद्धिजिवी परिषद् १ नम्बर प्रदेशकाे प्रथम प्रदेश अधिवेशनलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले हिजाे विराेध गर्नेहरु आज देश बचाउनुपर्‍याे भन्दै आफ्नाे शरणमा आएकाे खुलासा गर्नुभयाे ।

‘अस्ती बेलुका २ जना सधै मेराे चर्काे आलाेचना गर्ने साथीहरु आउनुभयाे, म प्रधानमन्धी छउन्जेलसम्म अति भाे अति भाे भनेर विराेध गर्ने,उहाँहरुले समय किन माग्नुभयाे भनेर मैले बाेलाएँ,अनि भन्नुभयाे – देश बचाउनुपर्‍याे, देश बचाउन तपाइँ अग्रसर हुनुपर्‍याे, हिजाे हामीले खेदेका हाैं र अति भाे भनेका हाैं, अति केही पनि भएकाे थिएन, सबैले भनेपछि लहलहैमा हामीले पनि अति भयाे भन्याैं,अति त भन्या त यस्ताे पाे हुँदाे रहेछ अहिले आएर थाहा पायाैं,त्यसबेला त स्वर्ण युग रहेछ भन्नुभयाे ।

त्यसबेला शान्ति, सुव्यस्था, विकास निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रण थियाे अहिले त सरुवा-बढुवा भ्रष्टाचार, नियुक्ति भ्रष्टाचार,इजाजत भ्रष्टाचार,लाइसेन्स भ्रष्टाचार बढेकाे उनीहरुले बताएकाे अध्यक्ष ओलीले सुनाउनुभयाे । राज्यकाे ढुकुटीमथि खुला डकाैती गर्ने काम गठबन्धन सरकारले गरिरहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।अहिलेकाे गठबन्धन पदकाे किनबेचमा लागेकाे बताउनुभयाे । गठबन्धन सरकारका कारण देशकाे अवस्था भयावह रहेकाे बताउनुभयाे ।

अहिलेकाे अधाेगतिलाई राेक्न नसके देश बर्बादीतिर जाने भन्दै अध्यक्ष ओलीले चिन्ता व्यक्त गर्नुभयाे ।
देशकाे भाग्य र भविष्यका लागि मंसिर ४ काे चुनाव निक्कै महत्वपूर्ण रहेकाे अध्यक्ष ओलीलेब बताउनुभयाे । देशलाई बचाउन र विकासकाे गतिलाई अगाडि बढाउन मंसिर ४ काे चुनाव एमालेले जित्नैपर्ने बताउनुभयाे । गठबन्धन सरकारले देशलाई बर्बादीकाे दिशातिर लगेकाे भन्दै उहाँले अब देशलाई बचाउन एमालेकाे बहुमतकाे सरकार बन्नैपर्ने बताउनुभयाे ।

गठबन्धन सरकारका मन्त्रीहरुकाे संरक्षणमा नै देशका हरेक क्षेत्र अहिले ध्वस्त भइरहेका भन्दै अध्यक्ष ओलीले चिन्ता व्यक्त गर्नुभयाे । गठबन्धन सरकारका कारण देशमा महंगी बढेकाे, अर्थतन्त्र ध्वस्त भएकाे,कुशासन बढेकाे, गठबन्धनले जे पनि गर्न पाइन्छ भन्ने अहंकार र दम्भ बढेकाे,सबैतिर सेटिङ चलिरहेकाे, विश्वविद्यालयमा लगातारकाे तालाबन्दीले विद्यार्थीकाे भविष्य अन्याैलमा परेकाे उहाँले बताउनुभयाे ।

अगाडि अगाडि गुण्डा र पछाडी पछाडी प्रहरी लगाएर त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्ने काम भइरहेकाे भन्दै अध्यक्ष ओलीले आपत्ति जनाउनुभयाे । गुरुदेवाे भव भन्ने संस्कारबाट हुर्किएकाे नेपाली समाजमा गुरुलाई बाटाे छेकेर कुटेर पिटे अंगभंग गर्ने काम सरकारकै संरक्षणमा भइरहेका बताउनुभयाे ।

कांग्नेसकाे लेटरप्याडमा नक्कली घाइते खडा गरिएकाले मुद्दा फिर्ता लिइ पाउँ भन्ने र प्रहरीलाई साे मुद्दा वारदात भइहालेपनि याे मुद्दा फिर्ता गर्दिनु ठिक छ भन्ने जस्ता गतिविधि भइरहेका बताउँदै उहाँले प्रश्न गर्नुभयाे – ‘याे मुद्दा फिर्ता लिइसकेपछि कुनै प्राेफेसर बाेल्छ ? बाेल्याे प्राेफेसर भने यसैगरी हड्डी भाँचिनेछन् भनेर गुण्डाहरुले भनिरहेका छन्, गृह मन्त्रीकाे साेझाे संरक्षणमा यस्ता काम भइरहेका छन् ।’अध्यक्ष ओलीले गृह मन्त्री बालकृष्ण खाँडकाे संरक्षणमा त्रिविमा तालाबन्दी लगायत गतिविधि भएका बताउनुभयाे ।

अर्थमन्त्री जनार्दन शर्माले संरक्षणमा अर्थतन्त्र ध्वस्त भइरहेकाे बताउँदै अध्यक्ष ओलीले कानुनमन्त्रीकाे संरक्षणमा कानुनी कानुनी राज ध्वस्त बनाइदिने काम भइरहेकाे बताउनुभयाे ।उहाँले भन्नुभयाे – ‘अर्थमन्त्रीकाे संरक्षणमा अर्थतन्त्र ध्वस्त पार्ने,गृहमन्त्रीकाे संरक्षणमा शान्ति सुव्यवस्था न्याय निसाब ध्वस्त पारिदिने र कानुनमन्त्रीकाे अगुवाइमा कानुनी राज ध्वस्त बनाइदिने जुनजुन जहाँ छन् तीनले त्यहाँत्यहाँबाट ध्वस्त बनाइदिने ।’