सन्दीप लामिछानेले बाहिरबाटै मागे यस्तो सहयोग !

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने कानुनी परामर्शमा रहेको खुलेको छ । नाबालिग ब’लात्का रको आ’रोप लागेका लामिछानेले विदेशबाटै कानुनी सहयोग मागेको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार नेपाल आउनेबित्तिकै प’क्राउ पर्ने डरले उनी विदेशबाटै नेपालका केही वरिष्ठ कानुन व्यवसायीसँग परामर्शमा छन्। जसका लागि केही कानुन व्यवसायी सन्दीपको सम्पर्कमा रहेका प्रहरी अधिकारीहरुको दाबी छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्र धानुक सन्दीप प्र’करणबारे अनुसन्धान जारी रहेको बताउँछन् । अनुसन्धानकै क्रममा रहेकाले यसबारे धेरै बोल्न नमिल्ने उनले बताए ।

सन्दीप नेपाल नआएको अवस्थामा अहिले नै इन्टरपोलमार्फत ‘रे’ड नोटिस’ जारी हुने अवस्था नरहेको एक प्रहरी अधिकारी बताउँछन् । ‘रे’ड नोटिस’ जारी भएको अवस्थामा इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीले जहाँ देख्यो त्यहीँ पक्रा’उ गर्न सक्छन् ।

तर, उनी आ’रोपी मात्रै रहेको र अदालतबाट समेत फरा’र सूचीमा नरहेकाले उनीवि’रुद्ध ‘रे’ड नोटिस’को प्रक्रिया नै अगाडी बढाउन नमिल्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

लामिछानेविरु’द्ध यही भदौ ५ गते नगरकोट घु’माएर राति काठमाडौं होटलमा ल्याएर एकजना नाबालिग किशोरीलाई ब’लात्कार गरेको अ’भियोग छ । बलात्कृ’त युवतीका आफन्तले दिएको उ’जुरीका आधारमा उनलाई प्रहरीले खोजी गरेको हो । लामिछानेवि’रुद्ध प’क्राउ पु’र्जीसमेत जारी भइसकेको छ ।

सन्दीपसहितको नेपाली टोली भदौ ६ गते अन्तर्राष्ट्रिय सिरिजका लागि केन्या प्रस्थान गरेको थियो । त्यहाँबाट उनी ‘क्यारेबियन प्रिमियर लिग’ खेल्नका लागि वेष्ट इन्डिज पुगेका थिए ।

निलम्बनमा परेपछि लामिछानेलाई ‘क्यारेबियन प्रिमियर लिग’बाट समेत हटाइसकेको छ । त्यसपछि उनी जमैकाबाट नेपाल जान्छु भनेर निस्किएको स्रोत बताउँछ । तर, सन्दीप वेष्ट इन्डिजमै छन् वा त्यहाँबाट आएर अर्को मुलुकमा छन् भन्ने सूचना सुरक्षा निकायले प्राप्त गरेको छैन ।

सन्दीपलाई अध्यागमन विभागले का’लोसूचीमा समेत राखेको छ । सन्दीपले नाबालिग ब’लात्कारको आ’रोप लागेपछि सामाजिक सञ्जालमार्फत आफू नि’र्दोष रहेको दाबी गर्दै नेपाल आएर कानुनी ल’डाइँ लड्ने उल्लेख गरेका थिए ।

तर, उनी हवाई मार्गबाट नेपाल आइपुगेका छैनन् । सन्दीपवि’रुद्ध परेको जाहे’रीमा भदौ ५ गते राति काठमाडौंको ‘होटेल काठमाडौं इन’मा ती किशोरीलाई पटक–पटक बला’त्कार गरेको उल्लेख छ ।

प्रहरीका अनुसार होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको पनि देखिएको छ ।