कोरियामा श्रम गरी फर्किएका यूवालाई कोरिया सरकारले १ अर्व रुपैँया सहयोग गर्ने !

नेपाल सरकारले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरुको स्थिर पुनःएकीकरणसम्बन्धी आयोजना सञ्चालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर (करिब १ अर्ब रुपैयाँ) बराबरको अनुदान सहायता स्विकार गर्ने निर्णय गरेको छ ।

२१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण कोरिया सरकारबाट उक्त अनुदान सहायात स्वीकार गर्ने निर्णय गरेको नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

दक्षिण कोरियामा श्रम गरी नेपाल फर्किएर आफ्नो देशमै केही गर्ने योजना बनाउने यूवाहरुलाई स्थिर पुन एकिकरण र एकताबद्द गर्ने उद्देश्य अनुरुप गरिने कोरियाली सरकारको योजना मुताविक गर्न लागेको करिव १ अर्व नेपाली रुपैँया नेपाल सरकारले स्विकार गर्ने भएको छ।

कोरियामा श्रम गरेर फर्किएका यूवाहरु लाभान्वित हुने आशा गरिएको यो सहयोग मार्फत ति यूवाहरुलाई एकतावद्द गरिने,स्वावलम्बी तालिम लगायत सहयोग गरिने भएसंगै कोरियाबाट फर्किएका यूवाहरु उत्साहित भएका छन।

यो पनि – माओवादी केन्द्रका उपमहासचिब तथा अर्थमन्त्री जनार्दन शर्मा कोरिया आउने भएका छन् ।जलबायु परिबर्तन सम्बन्धी अध्यन गर्ने ‘हरित जलबायु कोष’ नामक सस्थाको एक कार्यक्रम मा सहभागी जनाउन अर्थमन्त्री शर्मा कोरिया आउन लागेका हुन् ।

यहि सेप्टेम्बर १३ देखि १५ सम्म चल्ने दुइ दिने कार्यक्रममा अर्थमन्त्री शर्मा ले जलबायु परिबर्तन को असरले नेपाल जस्ता साना मुलुक लाई पारेको ठूलो समस्याको बारेमा आफ्ना भनाइहरु राख्ने जनाइएको छ ।यो कार्यक्रम ले जलबायु सम्बन्धि नीति र उदेश्य लाई सक्षम बनाउन विभिन्न देशका प्रतिनिधिहरु सग साक्षात्कार गर्ने गर्दछ ।

सेप्टेम्बर १३ देखि १५ सम्म इन्छन मा हुने उक्त कार्यक्रम मा विभिन्न देशका प्रतिनिधिहरु सहभागी हुने गर्दछन । उक्त सस्थाले पहिलो सम्मेलन सन् २०१९ अगष्ट १९-२३ सम्म गरेको थियो । अर्थमन्त्री शर्मा सगै अर्थसचिब कृष्णहरि पुष्कर पनि कोरिया आउदै छन् ।

अर्थमन्त्री शर्माको कोरिया आगमनको अबसर पारेर माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरियाले यहि सेप्टेम्बर १२ तारिक सोमबारका दिन बृहत् अन्तरकृया कार्यक्रम राख्ने भएको छ ।‘आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रबाशी नेपालीको भुमिका ‘ शिर्षक राखेर अन्तरकृया कार्यक्रम को ब्यापक तयारी गरेको मञ्चका अध्यक्ष इश्वर कठायतले जानकारी दिएका छन् ।

अर्थमन्त्री सग सम्बन्धित रहने कुनै पनि जिज्ञासा भएमा प्रत्यक्ष साक्षात्कार गरिने गरी कार्यक्रम को तालिका निर्माण गरिएको ले कोरियामा रहनु भएका सम्पुर्ण मजदुर ,पत्रकार, बिद्यार्थी, व्यावसायी लगायत बिभिन्न संघ सस्थामा आवद्ध प्रतिनिधि हरुलाइ आफ्ना जिज्ञासा सहित उपस्थितिको लागि आह्वान गरिएको मञ्चका महासचिब रुद्र थापा ले बताएका छन् ।

अन्तर्कृया कार्यक्रम लाई अर्थमन्त्री शर्मा सगै अर्थसचिब कृष्णहरि पुष्कर र गैरआबासिय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष बिनोद कुवर ले सम्बोधन गर्ने जनाइएको छ । यसै अबसरमा नबनियुक्त महामहिम राजदूत प्रा.डा.ज्योती प्याकुरेल (भन्डारी ) लाई सफल कार्यकालको शुभकामना सहित स्वागत तथा सम्मान गर्ने कार्यक्रम पनि राखिएको जनप्रगतिशिल मञ्च कोरियाले जनाएको छ ।