सन्दीप लामिछाने आज नेपाल आउदै ,विमानस्थलबाटै प,क्राउ गर्न प्रहरीको यस्तो छ तयारी..

काठमाडौं भदौ २७ । बालिका ब,लात्कारको आ,रोपमा नि,लम्बित क्रिकेटर सन्दीप लामिछाने आज नेपाल पुग्दैछन् । सिपिएल खेल्न वेष्ट इन्डिज गएका लामिछाने ब,लात्कारको अभियोग लागेपछि नेपाल फर्किन लागेका हुन् ।

स्रोतका अनुसार सन्दिप आज रातिसम्ममा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । वेष्टइन्डिजबाट नेपाल आँउदा धेरै ट्रान्जिटहरु पर्ने भएकाले उनलाई नेपाल पुग्न केहि समय लागेको र आज राति अबेर सम्ममा भएपनि उनि नेपाल अवतरण हुने स्रोतको दावी छ ।

बलात्कारको अभियोगमा काठमांडौ जिल्ला अदालतबाट उनका नाममा पक्राउपुर्जी जारी भइसेको छ भने अध्यागमन विभागले समेत उनलाई कालो सुचिमा राखेको छ । सन्दिपलाई विमानस्थलबाट नै पक्राउ गर्ने प्रहरीको तयारी छ ।

‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट प,क्राउ पुर्जी जारी भएको,’ थियो ।

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल अझै टुङ्गो लागेन
– कृष्ण दवाडी,कास्की, २७ भदौ ।गण्डकी प्रदेशमा दोस्रो पटक ३९ वर्षपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब एक महिना समय बाँकी छ । प्रदेशको राजधानी पोखरासहित प्रदेशका ११ वटै जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्मको नवौँअन्तर्गतका खेल खेलाउने योजना यसअघि राष्ट्रिय खेलकुद परिषद्(राखेप)को थियो ।

सबै जिल्लालाई राष्ट्रिय खेलकुदको अपनत्वका लागि प्रत्येक जिल्लामा कम्तिमा एक खेल खेलाउने योजना रहे पनि खेल पूर्वाधार अभावका कारण सबै जिल्लामा खेलाउन सम्भव देखिएको छैन।

राखेपले यही भदौ १५ गतेभित्रमा प्रतियोगिताअन्तर्गतका सबै खेलका खेलस्थल टुङ्गो लगाउने जनाएको थियो । प्रतियोगिताको मिति नजिकिँदै जाँदा समेत प्रतियोगितास्थल तय नहुँदा खेलाडी, प्रशिक्षक तथा खेल सङ्घमा अन्योलता छ ।

कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले प्रतियोगिताका लागि तयारी सुरु गरे पनि खेलस्थलको टुङ्गो नलाग्दा अन्योल बनाएको बताउनुभयो । आफ्नै तरिकाले हरेक दिन साँझ पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा अभ्यास गरिए पनि प्रतियोगिता कहाँ हुन्छ भन्ने चिन्ता रहेकाले छिटो यकिन गर्न उहाँले आग्रह गर्नुभयो ।