बालेनले ठूलै गल्ती गरेको भन्दै कुर्सीमै जंगिएर जबराले गराए ध्यानाकर्षण !

काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)माथि निल’म्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा खनिएका छन् ।

आइतबार महाअभियोग सिफारिस समितिमा ब’यानका लागि उपस्थित भएका जबराले बालेनमाथि नै प्रश्न खडा गरेका हुन् ।

आइतबार महा’अभियोग सिफारिस समितिमा ब’यानका लागि उपस्थित भएका जबराले अधिवक्ता ओमप्रकाश अर्याललाई महानगरको कानूनी सल्लाहकार नियुक्त गरेकामा बालेनको आलोचना गरे ।

अर्यालजस्तो ग’म्भीर च’रित्रको मानिसलाई महानगरको सल्लाहकार नियुक्त गर्नु ठीक नभएको उनको भनाइ थियो ।

‘ओमप्रकाश अर्याललाई काठमाण्डौ महानगरपालिकाका मेयर बालेनजीले कानुनी सल्लाहाकारमा नियुक्त गर्नुभएको पत्रिकामा पढें’, उनले भने, ओमप्रकाश अर्यालको क्यारेक्टर एकदमै ग’म्भीर छ, नोट होस् ।’

अर्याल पत्नी पुनवेदी महर्जनलाई बार एसोसिएसनका अध्यक्ष चण्डेश्वरजी श्रेष्ठले दुईपटकसम्म न्यायाधीश नियुक्तिको सिफारिस गरे पनि आफूले अस्वीकार गरेको राणाले बातए ।

आफूले श्रीमतीलाई न्यायाधीश नियुक्त गर्न इ’न्कार गरेपछि अर्याल आफूवि’रुद्ध सम्पत्ति शुद्धी’करणको मु’द्धा दर्ता गर्न गएको टिप्पणी उनले गरे ।

‘दलीय स्वार्थका कारण न्यायपालिका ध्व’स्त हुने अवस्थामा पुग्यो’

जबराले दलीय स्वार्थका कारण न्यायपालिका ध्व’स्त हुने अवस्थामा पुगेको बताएका छन्। उनले दलहरूलाई साथमा लिएर प्रधानन्यायाधीश हुने स्वा’र्थका कारण आफूलाई महाअभियोग लगाइएको जिकिर गरे। जबराले बारले आफूलाई हटाउन खोज्दा नसकेपछि दलहरूको सहारा लिएको आ’रोप पनि लगाए।

उनले कानुनी शासनलाई उपेक्षा गर्दै गठबन्धनले निर्णय गरेर आफूलाई महाअ’भियोग लगाएको जिकिर गरे । बयानका क्रममा जबराले आफूलाई लगाइएको आरो’प पुष्टि हुने कुनै आधार नभएर नै आफू समितिमा फेस गर्न आएको र कुनै हालतमा महाअभियोग पारित हुन नसक्ने पनि बताए।

त्यस्तै उनले सर्वोच्च अदालतको भवन निर्माणका क्रममा कुनै अनियमितता नभएको र अनि’यमितता भएको भए अख्ति’यारले नै टुङ्गो लगाउने उल्लेख गरे।

समितिले जबरासँग ३५ वटा प्रश्नको जवाफ लिएको छ । सो क्रममा जबरा रक्षा’त्मक देखिएको र सहकर्मीहरूलाई नै आरो’प लगाएको कांग्रेस नेता मीन विश्वकर्माले बताए।

जबराको जवाफले नै आरो’पहरू पुष्टि हुँदै गएको उनको भनाइ छ । त्यस्तै एमाले नेता कृष्णभक्त पोखरेलले ३५ औँ नम्बरको प्रश्नको जवाफ सोमबार सकिएको र अन्य प्रश्नहरू आगामी बैठकमा सकिने जानकारी दिए।

उनले समितिमा ढिलो गरी प्रतिवेदन आएकाले बयानको कार्य पनि ढिलाइ भएको बताए।

गत फाल्गुन १ गते जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।