जबराको यस्तो खुलासाले ओली र विष्णु पौडेललाई पर्यो सोच्दै नसोचेको फसाद !

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले सहयोग गरेको बताएका छन् । महाभियोग लागेर संसदीय समितिमा बयान दिइरहेका जबराले ‘बिना प्रतिस्पर्धा सर्वोच्चको भवन ठेक्का कसरी सम्भव भयो ?’ भन्ने समितिको प्रश्नमा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले सहयोग गरेको बताका हुन् ।

समितिका सदस्य तथा कांग्रेस सचेतक मीन विश्वकर्माले आइतबार बयानका क्रममा जबराले पूर्वप्रधान्यायाधीश, न्यायाधीश र वरिष्ठ वकिलहरूलाई लाञ्छनायुक्त शब्दमा नाम जोडेको जानकारी दिए । विश्वकर्माका अनुसार सर्वोच्चको भवन ठेक्कासम्बन्धी प्रश्नमा उनले आफूले त्यसको जिम्मा लिने बताएका थिए । त्यही प्रश्नमा उनले तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको नाम जोडेको विश्वकर्माले जानकारी दिए ।

“तत्कालीन प्रधानमन्त्री (केपी शर्मा ओली) र अर्थमन्त्री (विष्णु पौडेल) ले सहयोग पनि गर्नुभएको छ,” जबराको भनाइ उद्धृत गर्दै विश्वकर्माले भने, “तत्कालीन अर्थमन्त्री यहीँ हुनुहुन्छ, उहाँले सहयोग गरेका कारण सफल भएको हुँ ।”

समितिले केही प्रश्नमा पर्सि मंगलबार बयान लिने, पूरक प्रश्न त्यही दिन गर्ने र भदौ ३० गते प्रतिवेदन बुझाउने तयारी गरेको छ ।