राष्ट्रपतिको राजीनामा मागेपछि प्रचण्डसँग रिसले आगो भए महेश बस्नेत, दिए कडा चेतावनी

भक्तपुर, २५ भदौ । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय गरेका राष्ट्रघाती कदमहरुको छताछुल्ल भई जनताले निर्वाचनको माध्यमबाट हिसाव किताब गर्ने चेतावनी दिएका छन् ।

मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालद्वारा मध्यपुरमा आयोजित सकारात्मक सोच विषयक उत्प्रेरणात्मक कार्यक्रम तथा नेतृत्व विकास तालिमको समापन कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन् । उनले पाँच दलीय गठबन्धनको नाममा अध्यक्ष प्रचण्डले नागरिकता विधेयक, एमसीसी, एसपीपी लगायतका कुराहरुमा राष्ट्रघाती कामहरु गरेको भन्दै आक्रोस पोखेका थिए ।

नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित विचार गर्न पुनः संसदमा नै पठाएकोमा गठबन्धनको बहुमतका आडमा राष्ट्रियता नै खतरामा पर्ने कुरालाई नजरअन्दाज गर्दै राष्ट्रपति विधेयक प्रमाणीकरण नगरे राजिनामा माग्नु प्रचण्डको ऐतिहासिक भुल भएको बताए । वर्तमान गठबन्धन सरकार भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुवेको तथ्य प्रस्तुत गर्दै नेता बस्नेतले आगामी निर्वाचनमा भ्रष्टाचार तथा राष्ट्रघाती कार्यगर्नेहरुको जनताले मखुण्डो उतार्ने पनि बस्नेतको चेतावनी थियो ।