गायक शिव परियारको आक्रोश : बलात्कारीको सामान काट्ने कानुन आओस्

गायक शिव परियारले पछिल्लो समय नाबालिका माथि भएका बलात्कारका घटनामा आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् ।

परियारले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्ट्याटस लेख्दै नेपालमा मौलाएको बलात्कार ब्यावसायको भण्डाफोर गर्नुपर्ने बताएका छन् ।

‘यौनको भोक मेटाउन नाबालिका प्रयोग गर्नेहरूको सामान काट्ने कानुन आएपनि म राजी छु सरकार’ परियारले लेखेका छन् ।

कतिपयले परियारलाई बहिष्कार गर्नुपर्ने भन्दै स्टाटस पनि लेखेका छन् । बलात्कारजस्तो गम्भीर विषयलाई सामान्यीकरण गर्न नहुने धेरैको मत छ ।