साइकलमा फलफूल बेच्नेमाथि महानगरका कर्मचारीको अमानवीय व्यवहार, शंखमुलका सडकभरी फाले फलफूल

भदौ २३, काठमाडौं । ठेलागाडा र साइकलमा फलफूल बेच्ने व्यवसायी विरुद्ध काठमाडौं महानगरका कर्मचारीले अमानवीय व्यवहार गरेका छन् ।

बिहीवार राति शंखमुलमा साइकलमा फलफूल बेचीरहेका व्यापारीहरूलाई हटाउन उनीहरूको फलफूल नै सडकमा छरपस्ट पारिएको छ ।

काठमाडौं महानगरपालिकाले फुटपाथ र अन्डरग्राउन्ड पार्किङ खाली गराउने अभियान नै चलाएको छ । तर, फुटपाथ खाली गराउने नाममा महानगरका कर्मचारीहरु भने बढी नै आक्रमक हुन थालेका छन् ।

दिउँसो फलफूल बेच्न नपाएपछि रातमा भएपनि अलिकति व्यापार गर्न निस्किएका ठेलागाडा र साइकल व्यापारीहरुको फलफूल खोसेर सडकमा फालिदिएपछि स्थानीयहरुले महानगरका कर्मचारीले अति गरेको आरोप लगाएका छन् ।