टहराको नक्सा पास गरेर बनेको पाँचतले घरमा बालेनले चलाए डोजर

काठमाडौं महानगर’पालिकाले बसुन्धरामा बाटो मिचेर बनाइए’का घरका पर्खाल’सहित गेटमा बुधबार डोजर चलाएको छ।

यस’अघि ठूल्ठूला कम्प्लेक्स र मल’हरूमा का’रबाही गर्दै आएको महा’नगरले शनिबा’रबाट मूल सडकमा भएका घरका अन’धिकृत संरचना भत्काउन सुरू गरेको हो। त्यसै’अनुरूप बुधबार महानगर टोली काठ’माडौंका विभिन्न स्थानमा का’रबाहीका लागि पुगेको थियो।

बसुन्धाराको सिर्जन’शील टोल त्यसैमध्ये एक हो।यो टोलका केही घरले बाटो मिचेर प’र्खाल लगाएका थिए। हामीले केही समय’पहिले नै सूचना दिँदा पनि उहाँ’हरूले अटेर गरेर अनधिकृत संरचना भत्काउनुभएन,’ वडा नम्बर ३ का अध्यक्ष प्रेम थापाले सेतो’पाटीसँग भने, ‘त्यही भएर हामी बाध्य भएर आफैं भत्का’उन अघि सरेका हौं।’

त्यहाँ बाटो मि’चेर बनाइएको घरको कम्पाउन्ड’सहित गेटहरू पनि भत्का’इएको उनले जान’कारी दिए।यही क्रममा बनस्थलीको एक किलो’मिटर खण्डमा झन्डै सयवटा अनधि’कृत संरचना भत्का’इएको थापाले बताए।एउटा घरले २०६१ सालमा टहराका लागि भनेर नक्सा पास गरेको रहेछ,’ उनले भने,

‘अहिले त्यहाँ टहराको ठाउँमा पाँचतले घर बना’इएको छ। महा’नगरले सूचना दिँदा पनि नटेरी बस्नुभयो। आज हामीले त्यो घरको कम्पाउन्ड भत्का’एका छौं। उहाँ’हरूले केही दिनमा आफैंले घर भत्काउनुभएन भने हामी फेरि आएर पूरै भत्काउने छौं।’

उक्त घरको नक्सा कुनै हाल’तमा पास गर्न सक्ने स्थितिमा नभएको र पूर्ण रूपमा अवैध भएकाले भत्काउनै’पर्ने उनको भनाइ छ।महा’नगरले यहाँ बाटो मिचेर बनाइए’का संरचना भत्काउन साउन पहिलो साता नै ३५ दिने अल्टि’मेटम दिएको थियो।

उक्त अवधि सकि’एपछि वडाध्यक्ष थापाको आग्रह’मा मेयर बालेन शाह स्वयं निरी’क्षणका लागि पुगेका थिए। त्यो बेला’सम्म अ’वैध संरचनाहरू जस्ताको तस्तै देखेपछि उनले ती सबै भत्काउन आग्रह गरे।

मेयर शाहले निरी’क्षण गरेको १५ दिन बिति’सक्दा पनि स्थानीयले चासो नदेखाए’पछि भत्काउनुपर्ने अवस्था आएको वडाध्यक्ष थापाले बताए।हामीले त्यहाँका केही स्थानीय’सँग कुरा गर्दा उनीहरूले पनि महानगरले पूर्वसूचना दिएको र मेयर स्वयं आएर अनधि’कृत संरचना भत्काउन आग्रह गरेको स्वीकार गरे।

एक स्थानीयका अनु’सार गाइडेड ल्यान्ड डेभलप’मेन्ट (जिएलडी) ले चार वर्षअघि नै उक्त स्थल निरीक्षण गरेको थियो। त्यस क्रममा कुन घरले कति जग्गा अति’क्रमण गरेको भनी पत्ता लगाएर रिपोर्ट तयार पारिएको थियो। महानगरले त्यही रिपोर्टका आधारमा बाटो अति’क्रमण गरेर जग्गा फराकिलो पार्नेहरू’लाई अनधिकृत संरचना हटाइ’दिन आग्रह गरेको थियो।

त्यस्तै म’हानगरले महाराजगन्ज, धोबीचौर लगायत ठाउँमा पनि नक्सा पास नगरी बनाइएका टहरा र निर्माणा’धीन अस्थायी भवनहरू भत्काएको छ।काठमाडौं महा’नगरले दुई साता अघिदेखि नक्सा पासबेगर बनाइ’एका अनधि’कृत संरचना हटाउने अभियान सुरू गरेको हो। – सेतोपाटी