…अनि प्रचण्डलाई नै झस्काउने गरी मुख बन्द गरेका जनार्दन शर्माले खोल्न थाले फायर !

अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचनामा उत्रिएका छन् । पछिल्लो समय चुप रहेका शर्मा महासचिवको टुंगोसँगै सतहमा कडा अभिव्यक्ति ल्याउन थालेका हुन् ।

बुधबार अखिल क्रा’न्तिकारीको चुनाव लक्षित क्रा’न्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्ष नेताहरूको अभिव्यक्तिले पार्टीभित्र पदाधिकारी चयनमा चरम असन्तुष्टि रहेको पुष्टि भएको छ ।

महाधिवेशन भएको लामो समयपछि ४ भदौमा पार्टीको पदाधिकारी चयन गरिएको थियो । अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका थिए ।

उपमहासचिवमा जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादवलाई चयन गरिएको थियो ।

तर, यसप्रति असन्तुष्ट रहँदै जनार्दन शर्माले फरक मत राखेका थिए । शर्मा महासचिव पदका आकांक्षी थिए । पदाधिकारी चयन असन्तुष्टि १८ दिनपछि बुधबार शर्माले सार्वजनिक मञ्चमै पोखे।

अखिल क्रान्ति’कारीको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू उपमहासचिवको हैसियतमा नभएर संगठन विभाग प्रमुखका रूपमा उपस्थित भएको बताभएपछि हलमा ताली लामो समयसम्म बजेको थियो । उनले उपमहासचिव पद अस्वीकार गरेको अभिव्यक्ति दिए।

आफूले अध्यक्ष प्रचण्डको आलोचना र रक्षा दुवै गर्दै आएको बताउँदै उनले नेतृत्वले गलत गर्दा आलोचना गर्न विद्यार्थीलाई आग्रह गरे ।

उनले अध्यक्षको सबैभन्दा कडा आलोचक आफू भएको बताउँदै ‘अध्यक्ष कमरेडको संरक्षण गर्ने पनि मै हुँ, नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्छ । अध्यक्ष कमरेडको आलोचक हुँ, आलोचना गर्छु’ भने ।