गुल्मी क्षेत्र नम्बर २ बाट आफैले चुनाव जित्ने रामकुमारीको दाबी !

काठमाडौं २३ भदौ । नेकपा एकिकृत समाजवादी पार्टीकी नेतृ रामकुरमारी झाँक्रीले आगामी प्रतिनिधीसभामा गुल्मी क्षेत्र नम्बर २ बाट आफैले चुनाव जित्ने दावी गरेकी छन् । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले गुल्मी २ बाटै चुनाव लड्ने बताएकी हुन् ।

गुल्मी २ का जनताले आफनो जनप्रतिनिधीमा नयाँ अनुहार खोजेको र त्यहाँको जनताको प्रतिनिधी बन्न आफु उम्मेदवार बन्न बताएकी उनले भनिन् , ‘जति पटक निर्वाचन जिते पनि जनस्तरसम्म काम गर्ने नेता नपाउनु र पटकपटक जिताएको अनुहारलाई भन्दा नयाँ अनुहार गुल्मी २ ले खोजेको छ त्यसकारण म चुनाव जित्छु ।’

यता एमालेबाट भने सोही क्षेत्रको लागि सचिव गोकर्ण विष्ट सिफारिस हुने भएका छन् । जनताको बास्तविक जनप्रतिनिधीका रुपमा आफु चुनावमा उठ्न लागेको बताएकी झाँक्र्रीले आफैले चुनाव जित्ने पनि दावी गरेका छन् ।