चुनावको मुखमा प्रचण्डलाइ झड्का, राम्रो नेता जति सबैले पद अस्विकारको घोषणा !

काठमाडौं, २२ भदौ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) मा विवाद उत्पन्न भएको छ। अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माले आज पार्टी अध्यक्ष प्रचण्डकै अगाडि उपमहासचिव पद अस्वीकार गरेका छन् । अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका थिए । उनले आफू नेतृत्वको कडा आलोचक र कडा समर्थक भएको पनि टिप्पणी गरेका थिए ।

शर्मापछि सम्बोधन गरेका अध्यक्ष प्रचण्डले भने आज छोटो सम्बोधन गरेका थिए । उनी केही तनावमा देखिन्थे । माओवादीले हालै पदाधिकारीको टुँगो लगाएको थियो । यसअघि शर्मा महासचिवको दाबेदार थिए । शर्मासँगै अर्का नेता वर्षमान पुनले पनि महासचिवमा दाबेदारी राखेपछि प्रचण्ड दबाबमा थिए । उनले विवाद नहोस भनेर शर्मा र पुनलाई छाडेर देव गुरुङलाई महासचिव बनाएका थिए ।

महासचिवका दाबेदारहरु शर्मा र पुन उपमहासचिवमा समेटिएका थिए । पार्टीको बैठकमै शर्मार्ल उक्त निर्णय प्रक्रियामा नोट अफ डिसेन्ट लेखेको चर्चा थियो । तर, आज भने उनले उपमहासचिव पद नै अस्विकार गरिदिए । यसले चुनावको मुखमा माओवादीलाई समस्या पर्ने देखिन्छ । यसले गर्दा पनि आज प्रचण्ड निकै तनावमा देखिन्थे ।