सफलताको रफ्तारमै सन्दीप लामिछानेले जोसमा होस गुमाएर नुवाकोटकी बालिकालाई घण्टौँमम्म नगरकोटमा भुलाउनुको रहस्य खुल्यो

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको क’र्तुत बाहिरिएको छ । कम उमेरमै सफलताको उडान भरिरहेका लामिछानेको द’शा भने बिग्रिएको छ ।

गत ५ भदौमा नाबालिगलाई ब’लात्का’र गरेको अ’भियोगमा उनीविरु’द्ध प्रहरी वृत्त गौशालामा जाहे’री दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताए । जाहेरी परेपछि लामिछानेवि’रुद्ध प्रहरीले अनुसन्धान थालेको छ ।

मंगलबारै थापाथलीस्थित प्रसूति गृहमा पीडितको विस्तृत स्वास्थ्य परीक्षण गरिएको छ । बला’त्कार भएको भनिएको स्थानमा क्लोज सर्किट टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ । होटलका कर्मचारीसँग पनि सोधपुछ थालेको छ ।

लामिछानेमाथि लागेको अ भियोग पु’ष्टि भए ब’ला’त्कार गरेको अभि’योगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कै’द सजाय हुनसक्छ । मुलुकी अ’पराध संहिताको दफा २१९ को ज’बरज’स्ती ‘कर’णी गर्न नहुने क’सूरको उपदफा (३) (घ) मा पी’डित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कै’द स’जाय हुने भनिएको छ ।

पी’डितले आफूलाई पिंगलास्थानको होटल काठमाडौं इनमा दुई पटक ब’लात्का’र गरेको भनेकी छन् । त्यसअघि आफूलाई नगरकोट लगेको पनि बताएकी छन् ।

नगरकोटमा सन्दिपले दु’र्व्यव’हार गर्ने मनसायले लामो समयसम्म राखेको अनुस’न्धान अधिकृतहरू बताउँछन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेवि’रुद्ध बला’त्कार आ’रोप पुष्टि हुने केही तथ्य फेला पारेको दाबी प्रहरीले गरेको छ ।

होटलको दृश्यमा सन्दीप र पी’डित युवती ५ भदौ राति ११ बजे होटल पुगेका देखिएको प्रहरी दाबी छ । उनीहरू दुवै जना होटलको कोठा नम्बर ३०५ मा बसेको खुलेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रविन्द्र धानुकले जानकारी दिए । होट’लमा भने उनीहरूको परिचयपत्र नराखेको प्रहरीको भनाइ छ ।

एआईजी धानुकका अनुसार पीडित नाबा’लिकासँग सन्दीपको सम्बन्ध उनकै एक साथीमार्फत भएको हो । त्यसयता भने उनीहरू नियमित सम्पर्कमा रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

हाल लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज गएका छन् । उनी ६ भदौमा वेष्ट इन्डिज गएका हुन् । वेष्ट इन्डिज जानु एक दिनअघि ५ भदौमा पिंग’लास्थानको काठमाडौं होटल इनमा राखेर ती नाबालि’कालाई ब’लात्कार गरेको आ’रोप लागेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार नुवाकोट स्थायी घर भएका पी’डित नाबा’लिका बानेश्वरको एक गर्ल्स होस्टेलमा बस्दै आएकी थिइन् ।