सुस्मिता सेन र ललित मोदीको ब्रेकअप ?

काठमाडौं । आईपीएल अध्यक्ष ललित मोदीले गत महिना बलिउड अभिनेत्री सुस्मिता सेनसँगको रिलेसनसिपबारे खुलासा गरेका थिए । यो खुलासासँगै इन्टरनेटमा ठूलै आँधी आएको थियो ।

तर यी दुईबीच ब्रेकअप भएको खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन् । मोदीले आफ्नो सोसल मिडिया प्रोफाइलबाट सुस्मिताको नाम हटाइदिएका छन् भने डिस्प्ले फोटो पनि बदलेका छन् ।

उनको बायोग्राफीमा यतिबेला आईपीएल संस्थापक र मुन उल्लेख छ । यो देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले यी दुईबीच ब्रेकअप भएको अड्कल काटेका छन् । तर सुस्मिता र ललितले यसबारे आधिकारिक रुपमा केही बताएका छैनन् ।

ललितले गत महिना प्रोफाइल तस्वीर बदलेका थिए । फोटोमा उनीसँग सुस्मिता पनि देखिएकी थिइन् । लगत्तै ललितले इन्स्टाग्राम बायोमा लेखेका थिए, ‘अन्ततः नयाँ जीवनको सुरुवात, पार्टनर इन क्राइम ‘माइ लभ सुस्मिता सेनसँग ।’ मोदीले यससँगै सुस्मिताको इन्स्टा एकाउन्टलाई पनि ट्याग गरेका थिए ।

सुस्मिता र ललितको ब्रेकअप हुनुको मुख्य कारण सुस्मिताका पूर्वप्रेमी रोहमन शललाई बताइएको छ । दुवैलाई ब्रेकअपपछि पनि सँगै स्पट गरिएको जनाइएको छ । हालै रोहमनलाई सुस्मिताकी छोरीको बर्थडे पार्टीमा पनि देखिएको थियो ।

सुस्मिता र रोहमन अढाइ वर्षसम्म रिलेसनसिपमा थिए, तर गत वर्ष मात्र उनीहरुबीच ब्रेकअप भएको थियो । रोहमन सुस्मिताभन्दा १६ वर्ष कम उमेरका हुन् । सुस्मिताको नाम अहिलेसम्म ११ जनाभन्दा बढीसँग अफेयर रहेको जनाइएको छ ।