कप्तान सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी!

२१ भदौ, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो ।

प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन ।

लामिछाने भने हाल देश बाहिर छन् ।

स्रोत :- अनलाइन खबर

यो पनि :-

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फिल्म खेल्न प्रस्ताव आउन लागेको छ । रातामकै नामले परिचित कलाकार किरण केसीले ओलीलाई अभिनयको मौका दिने तयारी गरेका हुन् ।

आफ्नो आगामी फिल्ममा ओलीलाई पनि सानो भूमिका दिने इच्छा रहेको उनले बताएका हुन्। छायांकनका लागि ओलीको दुई दिन मात्रै माग्ने र १० लाख पारिश्रमिक दिने केसीले बताएका छन्।

दशैंपछि औपचारिक रुपमा उहाँलाई फिल्म खेलाउन प्रस्ताव गर्नेछु । उहाँले हुन्न भन्न पनि सक्नुहुन्छ, तर उहाँलाई जसरी भए पनि कन्भिन्स गर्छु,’ केसीले भने, ‘किनभने उहाँलाई हार्मोनियम र गितार बजाउन आउँछ । जोक्स पनि गर्नुहुन्छ । कलाकारमा हुने गुण सबै उहाँमा छ ।’

पूर्वप्रधानमन्त्रीलाई फिल्म खेलाएर विश्व रेकर्ड राख्ने आफ्नो तयारी रहेको पनि केसीले सुनाए । ‘वामदेव गौतम पनि नाच्नुहुन्छ । प्रचण्ड पनि नाच्ने मान्छे हो । नाच्ने नेताले फिल्म खेल्छन् भने म खेलाउन तयार छु । यो मेरो नितान्त व्यक्तिगत रुचि हो,’ उनले भने ।

उनका अनुसार यतिवेला फिल्मको पटकथामा काम भइरहेको छ। पटकथाको काम सकिएपछि ओलीलाई औपचारिक रूपमा प्रस्ताव गर्ने तयारीमा रहेको उनले जनाएका छन्।

ओलीले हार्मोनियम, गितार बजाउने कलादेखि कलाकारमा हुने सम्पूर्ण गुण भएको र आफ्नो फिल्मको एउटा पात्र ओलीका लागि ठिक हुने उनले बताएका छन्। ओलीले आफ्नो प्रस्ताव स्वीकार गर्ने सम्भावना कम रहे पनि मनाउने प्रयास गर्ने पनि उनले बताएका छन्।