छात्तिमा हात राखेर भन्छु ओली नभएको भए कहिल्यै चुच्चे नक्सा आउँदैनथ्यो: कर्ण मल्ल

डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नभएका भए चुच्चे नक्सा पास हुने कुरा असम्भव रहेको बताएका छन् । उनले भनेका छन्’छात्तिमा हात राखेर भन्छु ओली नभएको भए कहिल्यै चुच्चे नक्सा आउँदैनथ्यो । थप भिडियोमा: भिडियो यो समाचारको अन्तिममा हेर्नुहोला।

यो पनि पढ्नुहोस
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उनकै पूर्वस्वकीय सचिव कर्ण मल्ल चुनाव लड्ने भएका छन् । मल्ल डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका हुन् ।

मल्ल नेपाली काँग्रेस वीपीमा प्रवेश गरेका छन् । उनले वीपी काँग्रेसको करुवा चिन्हबाट चुनाव लड्ने तयारी समेत गरिसकेका छन् । मल्लनिकट स्रोतका अनुसार डडेलधुराबाट मल्लले चुनाव लड्ने निर्णय लिइसकेका छन् । उनी लामो समयदेखि चुनावी तयारीका साथ बसेका थिए ।

नेपाली काँग्रेस डडेलधुरा जिल्ला पूर्वसभापति समेत रहेका मल्लले देउवा समूहसँग असन्तुष्ट भएपछि पार्टीभित्र विद्रोह गरेका थिए । उनीमाथि पछि कारबाहीको निर्णय समेत भएको थियो ।

यो पनि पढ्नुहोस
स्थानीय निर्वाचन परिणामले नेपालका प्रमुख दलहरुमध्ये मुख्य दुई वाम दल एमाले र माओवादीमा गम्भीर छटपटी भइरहेको छ। निर्वाचन परिणामले एमालेलाई गहिरो धक्का दिएका कारण विशादमा डुवेजस्तो प्रतित हुँदैछ।

माओवादीले गत निर्वाचनको भन्दा केही तहमा बढी जित निकाले पनि सन्निकट संघीय निर्वाचनले उसलाई चर्कै बेचैन बनाएको प्रचण्डको दौडधुपले स्पष्ट गरेको छ । स्थानीय निर्वाचनबाट पहिलो दल बनेको र आगामी संघीय निर्वाचनबाट पनि त्यही हैसियत कायम गर्ने मनसुवा पालेको कांग्रेस दुइ वाम दलका क्रियाकलापबाट अत्तालिनु अस्वभाविक होइन ।

तर पनिे नेकाको बलियो आशा के छ भने आगामी चुनाव पनि हालै सम्पन्न स्थानीय चुनावकै जस्तो निरन्तरता हुनेछ, त्यसो भएमा प्रचण्डको कुनै बेलाको चर्चित भनाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने‘ नीति अनुसार देउवाले प्रचण्डको ढाडमा टेकेर ओलीलाई हिर्काउन सफल हुनेछन् । ओलीले पाएको चोटबाट प्रचण्डले सन्तोष लिनुपर्ने वाध्यता नेपाली अग्रगामी राजनीतिको दुःखद विडम्वना हो ।

त्यसैगरी ओलीले प्रचण्डको ‘पत्तासाफ‘मा विजयी ठान्ने जस्तो दुर्दान्त राजनीतिक जमिनले नेपालकै भूसतह अरुकसैका लागि दुरुपयोग हुने खतरा त उत्पन्न भएको छै्रन भन्नेतर्फ विभिन्न विषयका बेत्ताहरुले अध्ययन गर्न थालिसकेको हुनु पर्दछ । यो बेग्लै छलफलको विषय हो ।

स्थानीय निर्वाचनमा देखिएको विचित्र गठबन्धनको गलफत्तीले र वाम दलको विश्रृंखलताले फगत कांग्रेसलाई बलियो बनाउने एकमात्र उद्धेश्य पूरा गरेको तथ्य कुनै कोणबाट पनि खण्डन हुनसक्दैन । तलतिर कांग्रेस बलियो भइरहँदा माथितिर आगामी राजनीतिक परिदृश्य कस्तो होला भनेर आंकलन शुरु हुनु अस्वभाविक होइन ।