प्रधानमन्त्री बन्छु भनेर हिँडेका गगन थापालाई लाग्यो नमिठो धक्का, सांसद बन्नै फलामको चिउरा

भाैतिक मन्त्रीमोहम्मद ईश्तियाक राई वनमन्त्री प्रदीप यादव , कृषि मन्त्री मृगेन्द्रकुमार यादव सपथ राष्ट्र पति निवास शितलनिवास
नेपाली काग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सदस्य गगन थापाले आगामी निर्वाचन पछि आफु प्रधानमन्त्रीको उमेदवार बन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री बन्छु भनेर हिँडेका थापालाई आगामी निर्वाचन जितेर सासद बन्ननै फलामको चिउरा चपाउँनु सरह हुने अनुमान गरिएको छ ।

गगन थापाले अचानक प्रधानमन्त्रीको कार्ड फाले पछि काग्रेस भित्र यसले ठूलो तरंग सिर्जना भएको छ । थापाले प्रधानमन्त्री बन्छु भनेर बोलेको बिषयमा अहिले सम्म अर्का महामन्त्री विश्वप्रकाश शर्मा बाहेक कसैले पनि सार्वजनिक रुपमा समर्थन गरेका छैनन् । थापाले अहिले किन यो कार्ड फाले भनेर काग्रेस वृत चनाखो बनेको छ ।

अहिलेको व्यवस्थामा प्रधानमन्त्री बन्नका लागी पहिला प्रतिनिधीसभाको सदस्य बन्नु अपरिहार्य रहेको छ । थापालाई यस पाली निर्वाचन जितेर सांसद बन्न पसिना छुट्ने अवस्था देखिएको छ । काठमाडौँ क्षेत्र नम्बर ४ बाट यस अघि दुई पटक सम्म प्रत्यक्ष निर्वाचित भएका थापालाई यस पटक चुनाव जित्न हम्मेहम्मे पर्ने अवस्था आएको बताइएको छ ।

काठमाडौँ क्षेत्र नम्बर ४ बाट अघिल्लो निर्वाचनमा एमाले उमदेवार राजन भट्टराईलाई पराजित गरेर गगन थापा निर्वाचित भएका थिए । पराजित भए पनि पाँच बर्ष सम्म एमाले नेता राजन भट्टराई जनताको विचमा रहेर काम गरिरहेका छन् भने धेरै भन्दा धेरै स्वतन्त्र उमेदवारहरुले पनि काठमाडौँ ४ लाई लक्षित गरेर उमेदवारी घोषणा गर्ने लहर चलेको छ ।

यस पटक पनि काठमाडौँ ४ मा काग्रेसबाट गगन थापा र एमालेबाट राजन भट्टराईनै प्रतिष्पर्धी हुने करिब पक्का छ । स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले शहरी क्षेत्रमा निकै राम्रो नतिजा निकाल्न सफल भए पछि प्रतिनिधीसभाको निर्वाचनमा पनि स्वतन्त्र उमेदवारहरुले खुट्टा उचालेका छन् । काठमाडौँ ४बाट पनि निकै चर्चित अनुहारहरुले स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन् ।

यस पटक काठमाडौँ ४ बाट अर्जुन प्रसाई , राधा पोखरेल , आकर्षण पोखरेल लगायतका व्यक्तिहरुले स्वतन्त्र उमदेवारी दिने भएका छन् । देशमा भएका विकृती ,विसंगती लगायतका बिषयमा खरो अभिव्यक्ति दिएर चर्चामा आएका अर्जुन प्रसाइको उमेदवारी घोषणाले गगन थापालाई दबाव सिर्जना गरेको छ ।

पर्खनु विकल्प होइन भन्दै युवा इन्जिनियर आकर्षण पोखरेलले पनी काठमाडौँ ४ बाटै उमेदवारी घोषणा गरेका छन्। सेयर बजारकी सून्दरीको नामले चिनिएकी राधा पोखरेलले पनि त्यहि क्षेत्रबाट उमेदवारी दिने घोषणा गरेकी छन् । म गगन थापा भन्दा के कुरामा कम छुर ? भन्दै पोखरेलले चुनौतीका साथ मैदानमा होमिएकी छिन् ।

स्वतन्त्र उमेदवारहरुको निशाना गगनको क्षेत्रमा पर्न थाले पछि प्रधानमन्त्री बन्छु भनेर हिँडेका थापालाई ठेस लाग्ने विश्लेषण गरिएको छ । अहिले धेरै जनाले उमेदवारी घोषणा गरे पनि अन्तीममा स्वतन्त्रहरुबाट एक जना साझा उमेदवार बन्न सक्ने प्रक्षेपण गरिएको छ । त्यसका लागी पहल भइरहेको स्वतन्त्र उमेदवारीको तयारी गरिरहेका अर्जुन प्रसाईले जानकारी दिएका छन् ।

प्रसाईले राधा पोखरेल लगायतका स्वतन्त्र उमेदवारी घोषणा गरेकाहरुसँग कुराकानी गरेर एक जना साझा उमेदवार चयन गर्ने प्रयास हुने बताएका छन् । यस पटक जसरी पनी गगन थापालाई चुनाव हराउँनै पर्ने अवस्था रहेको भन्दै उनले थापालाई प्रधानमन्त्री त के सांसदनै बन्न नदिने घोषणा गरेका छन् ।

गगन थापा सांसद मात्रै हुँदा त यो देशलाई यति बर्वाद गरे भने प्रधानमन्त्रीनै भए भने त झन के होला ? भन्दै प्रसाइले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न भए पनि सांसदमा हराउँनै पर्ने बताएका छन् । गगन थापा प्रधानमन्त्री बनेमा लेण्डुप दोर्जे जस्तै हुन सक्ने र यो देशनै नरहने अवस्था आउँन सक्ने प्रसाईले बताए ।