प्रचण्डलाई १७ हजार निर्दोश मारेको र लाखौ मान्छेलाई विदेश पठाएको पाप लाग्छ – वरिष्ठ अधिवक्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता एवं नेपालका लागि नेपाली पार्टी अध्यक्ष बालकृष्ण न्यौपानेले प्रचण्ड नेपालको लेण्डुप दोर्जे भएर संसारमा नाम कमाउन चाहेको बताएका छन् ।

संविधान र व्यवस्था फालेमा मात्र देश सुरक्षित हुने र विदेशीले बनाएको संविधान हितमा नहुने भएकोले अबको निर्वाचनबाट देशको समस्या समाधान नहुने उनले बताए ।

उनले भने– ‘यो संसारमा प्रचलित नाम हो लेण्डुप दोर्जे भन्ने नाम सायद प्रचण्ड पनि नेपालको लेण्डुप दोर्जे भएर संसारमा नाम कमाउन चाहान्छन होला ‘लास्ट इन्डिङ’ भनेको त्यही हो ।

प्रचण्डको रेशको सुरुवात दिल्लीबाट भएकोले प्रचण्ड यो देशको हितको मान्छे नभएको आफनो नाता, गोता जम्मै पारिकै देशमा भएकोले प्रचण्ड र पाँच दलीय गठबन्धनलाई पराजित गरेर जेल नहाले सम्म यो देश सुरक्षित नरहने उनको भनाई छ ।

१२ बुद्धे दिल्ली सम्झौता गर्ने मान्छहरुलाई यो निर्वाचन बाट नहराए इतिहासमै नेपाल नरहने बताएका छन् ।प्रचण्डको ५० प्रतिशत मानसिक सन्तुलन गुमिसकेको र नेपालमा नआएको जापानको पूर्वप्रधानमन्त्रीलाई तीन चोटी मैले भेटेको भन्ने मान्छेको दिमाग ठिक नभएको उनले बताए ।

प्रचण्डको घरमा पनि पाप पलाएको १७ हजार निर्दोश मान्छे मारेर, ८० लाख मान्छेलाई विदेश पठाएको र यो देशको अवस्था यस्तो बनाएकोले सबै पाप प्रचण्डले बोक्नु पर्ने बताएका छन् ।

प्रचण्डको काम नै झुट कुरा बोल्ने भएकोले जसरी लेण्डुप दोर्जेको गुफामा बसेर दर्दनाक अवस्थामा मु’त्यु भए जसरी त्यस्तै मु’त्यु प्रचण्डको हुने संकेत देखिएको उनले बताए ।

यो देशको सबै भन्दा ठुलो समस्या भ्रष्टाचार भएकोले शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डको सम्पती छानबिन गरेमा यो देश विकासको लागि प्रयाप्त पैसा आउने भएकोले नेपाली जनता त्यस बाटोमा लाग्नु पर्ने र यो निर्वाचन भनेको देश रहने र नरहने निर्वाचन रेहको बताएका छन् ।

शुद्ध राष्ट्रको ढिकुटीमा डकैती गर्ने योजना बमोजीम यो गठबन्धन बनाएको हुनाले जनताले यसमा विद्रोह गर्नुपर्ने र कांग्रेसका मान्छेले कांग्रेसलाई भोट हाल्न नहुने कम्युनिष्टको मान्छेले कम्युनिष्टलाई भोट हाल्न नहुने उनले बताएका छन् ।

नेपाली जनताले १२ बुद्धे दिल्ली सम्झौता र ७२ सालको संविधान फाल्ने मतदान गरेर यो देश राख्नको लागि राजा चाहिने राजा नभए नेपाल पाँच वटा बाटो तिर जाने उनले बताए ।